परियार उत्थान मञ्च मुसिकोट २,३ र ४ नं वडाको भेला सम्पन्न : नयाँ नेतृत्व चयन

परियार उत्थान मञ्च मुसिकोट नगरपालिका वडा नं २,३ र ४ को भेला सम्पन्न भएको छ ।

जातिय भेदभावको अन्त्य,सीप र कलाको सम्मान,छुवाछुत मुक्त समाज परियार उत्थान मञ्चको महान अभियान भन्ने नाराका साथ मञ्चको मुसिकोट नगरकार्यसमितिको कार्यक्रम अन्तर्गत उक्त वडाहरुमा वडा भेला गरिएको हो ।

कृष्ण बहादुर परियारको अध्यक्षतामा सम्पन्न भेलामाबोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् नगर कमिटी अध्यक्ष मुम बहादुर परियारले सामाजिक रुपमा पछाडी पारिएको सम्पूर्ण परियार बन्धुहरुबीच एकता भएमात्रै जातिय विभेद अन्त्य गर्न सकिने बताउनुभएको थियो ।

त्यस्तै सोही भेलालाई सम्बोधन गर्दै कार्यक्रमका विशिष्ट अतिथि एवम् परियार उत्थान मञ्च मुसिकोट नगरसमिति सचिव अर्जुन परियार र काँसिराम परियारले सम्पूर्ण परियार बन्धुहरुलाई सामाजिक र राजनैतिक रुपमा अग्रसर हुन आग्रह गर्नुभएको थियो । भेलाले जातिय भेदभाव न्यूनिकरण गर्न सामाजिक सचेतना जागरण अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

सोही भेलाले परियार उत्थान मञ्च मुसिकोट २ र ३,४ वडाको नयाँ कार्यसमिति चयन गरेको छ । गठित नयाँ समिति अन्तर्गत वडा नं २ मा कृष्ण बहादुर परियारको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरिएको छ ।

जसको उपाध्यक्षमा सुमित्रा परियार,कोषाध्यक्षमा तारा बहादुर परियार,सचिवमा लक्ष्मी परियार,उपसचिवमा किशान परियार लगायत अन्य सदस्यहरु रहनुभएको छ । त्यस्तै वडा नं ३ र ४ को सयुंक्त रुपमा निर्माण गरिएको समितिको अध्यक्षमा भिम बहादुर परियार चयन हुनुभएको छ ।

जसको उपाध्यक्षमा बालकृष्ण परियार,कोषाध्यक्षमा कुमारी परियार,सचिवमा मञ्जु परियार,उपसचिवमा शकंर परियार लगायत अन्य सदस्यहरु रहनुभएको छ । मञ्जु परियारको स्वागत मन्तव्य रहेको भेलाको सञ्चालन शकंर परियारले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय