रुद्रावती बहुमुखी क्याम्पसद्वरा चौथो बर्षका बिद्यार्थीलाई बिदाई, बिद्यार्थीहरुद्वारा सधै क्याम्पसको शिर उच्च राख्ने प्रतिबद्दता

भुवन काफ्ले, गुल्मी । गुल्मीको मुसिकोटमा रहेको रुद्रावती बहुमुखी क्याम्पसमा पहिलो, दोस्रो र तेस्रो बर्षमा अध्ययनरत बिद्यार्थीहरुले एक औपचारिक कार्यक्रम आयोजना गरि चौथो बर्षमा अध्यनरत बिद्यार्थीहरुलाई बिदाई गरेका छन् ।

बिद्यार्ती दिप्सन छिनालको स्वागत मन्तब्य सङ्गै सुरु भएको उक्त बिदाई कार्यक्रममा क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष ‍अग्निधर लोहनीको प्रमुख आथित्यता रहेको थियो भने ब्यबस्थापन समितिका उपाध्यक्ष तेजिन्द्र बहादुर जिसि, क्याम्पस प्रमुख प्रद्यापक श्री रामु तिबरि लगायत क्याम्पसका सम्पूर्ण प्रद्यापकहरुको बिशेष उपस्थिती रहेको थियो ।

प्रमुख अतिथीद्वारा दिप प्रजलन र राष्ट्रिय गान सङ्गै कार्यक्रम उतघाटन गरी पहिलो, दोस्रो र तेस्रो बर्षका बिद्यार्थीले क्याम्पसबाट बिदाई भएर जाँदै गरेका चौथो बर्षका बिद्यार्थी साथीहरुलाई टिका र खादाले सम्मान र मायाँको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी लोहनिले क्याम्पसको शैक्षिक गुणस्तर  बृद्दी गर्नका लागि ब्यबस्थापन समिति लागि परिरहेको जानकारि दिँदै चौथो बर्षका बिद्यार्थीहरुलाई सफलताको शुभकामना दिनुभयो ।

त्यसैगरि बिशेष अतिथी जिसिले चौथो बर्षका बिद्यार्थीहरुलाई सफलताको कामना गर्दै आफ्नो शुभकामाना मन्तब्य ब्यक्त गर्नु भएको थियो । त्यसै गरि कार्यक्रममा बोल्दै  बिशेष अतिथी रामु तिवारी क्याम्पसको हाल सम्मको नतिजा सन्तोष जनक रहेको र आगामी दिनमा यो भन्दा राम्रो नतिजा आउने बिस्वस क्याम्पस परिवारले राखेको र सोहि अनुसार क्याम्पस प्रशासन लागी परेको कुरा ब्यक्त गर्दै सम्पूर्ण बिद्यार्थीहरुलाई सफलताको शुभकामना दिनुभएको तियो ।

त्यसै गरी बिद्यार्तीहरुको तर्फबाट बिद्यार्थी अनिश पाठकले बिदाइ मन्तब्य राख्नु भएको थियो भने चौथो बर्षको तर्फबाट सतिस बौधचार्य, सागर खत्री, सम्झना अर्यालले धन्यवाद मन्तब्य दिनुभएको थियो ।

बिद्यार्थी धुर्ब खरालको सभापतित्व सम्पन्न उक्त बिदाई कार्यक्रमको संचालन बिद्यार्थी भुवन काफ्लेले गर्नु भएको थियो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय