प्रधानन्यायाधीशको आह्वानमा न्याय सेवा आयोगको बैठक बस्दै

काठमाडौं – न्याय सेवा आयोगको बैठक आज बस्दैछ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज दिउँसो ३ बजेका लागि आयोगको बैठक बोलाएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।​

नेपाल बार एसोसियसनले जबराको राजीनामा मागेर आन्दोलन गरिरहेको र सर्वोच्च अदालतका न्यायाधीशहरुले समेत जबरासँग इजलास शेयर गर्न अस्वीकार गरेको अवस्थामा जबराले आयोगको बैठक बोलाएका हुन्।

बारले जबराले नेतृत्व गर्ने न्याय सेवा आयोग, न्याय परिषद् जस्ता बैठकमा पनि सहभागी नहुन आग्रह गर्र्दै सदस्यहरुलाई पत्राचार गरिसकेको छ। आजको बैठकले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नतिजा प्रकाशन गर्ने प्रवक्ता कार्कीले बताए।

प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, लोकसेवा आयोगका अध्यक्ष र महान्यायाधिवक्ता सदस्य हुनेछन्। न्याय परिषद्का सचिवले न्याय सेवा आयोगको समेत सचिव भइ काम गर्ने कानुनी व्यवस्था छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय