एमाले केन्द्रीय कमिटी सचिव विष्ट गुल्मीको मुसिकोट आउँदै

रामकृष्ण कंडेल,वामीटक्सार ✍️-नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रीय कमिटी सचिव तथा गुल्मी जिल्ला क्षेत्र नम्बर २ का सभासद गोकर्णराज विष्ट पौष १२ गते सोमबार गुल्मीको वामीटक्सार आउदै हुनुहुन्छ l

 राष्ट्रिय युवा संघ नेपाल मुसिकोट नगर कमिटि ले आयोजना गरेको प्रथम नगर सम्मेलन तथा एमाले मुसिकोट नगर कमिटि ले आयोजना गरेको अगुवा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा पार्टी सचिव विष्ट लाई आमन्त्रण गरिएको नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेले बताउनुभयो l 

 नगर कमिटी अध्यक्ष काफ्लेका अनुसार पौष १७ गते शनिबार आयोजना गर्ने भनिएको युवा सङ्घको नगर सम्मेलन विशेष कारणबस पौष १२ गते लाई सारिएको छ l 

पौष १२ गते आयोजना गरिएको युवा सम्मेलन भव्यताका साथ सम्पन्न गर्नका लागि पार्टीको तर्फबाट तयारी बैठक सम्पन्न भइसकेको काफ्लेले जानकारी दिनुभयो l 

 पौष १२ गते युवा हरू को नगर सम्मेलन तथा पार्टी कार्यकर्ता हरु को लागी हालैमात्र नारायणघाट मा सम्पन्न पार्टीको केन्द्रीय महाधिवेशन पश्चात पार्टीले लिएका नीति कार्यक्रम तथा पार्टी कार्यकर्ताहरु ले अवलम्बन गर्नुपर्ने कार्य दिशा हरुको बारेमा पार्टीका केन्द्रीय सचिव,पूर्वमन्त्री तथा 

गुल्मी क्षेत्र नम्बर २ का सभासद तथा लोकप्रिय युवा नेता गोकर्ण राज विष्टद्वारा विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरिएकोले यस कार्यक्रम लाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि नगर कमिटीका अध्यक्ष काफ्लेले मुसिकोट नगरभित्रका सम्पूर्ण वडा कमिटीहरु लाई   सक्रियताका साथ लाग्नका लागि विशेष आग्रह गर्नु भएको छ l  

एमाले मुसिकोट ले आफ्नो प्रथम नगर अधिवेसन सम्पन्न गरेपश्चात पार्टीका जनवर्गीय संगठनहरुको नगर सम्मेलनहरू छिट्टै सम्पन्न गर्ने निर्णय गरेको छ l पार्टीको ब्याकबोन को रूपमा रहेको राष्ट्रिय युवा संघ नेपाल को नगर सम्मेलन को

 आयोजना तथा पार्टीको अगुवा कार्यकर्ताहरु लाई उपस्थित गराई केन्द्रीय सचिव मार्फत प्रशिक्षण कार्यक्रम आयोजना गर्नु लाई राजनीतिक क्षेत्रका जानकारहरु ले  यस कार्य लाई अर्थपूर्ण रुपमा लिएका छन् l

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय