दोस्रो पुतलिबजार कप अन्तरपालिका स्तरिय भलिवल प्रतियोगिता स्याङ्जामा मुसिकोट नगरपालिका गुल्मी सहभागि हुदै ।

सुरज भट्टराई गुल्मी
दोस्रो पुतलिबजार कप अन्तर पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता पुतलिबजार नगरपालिका १ मालेबगर स्यांगजाले पौस (७ देखी १४ ) सम्म आयोजना गरेको खुल्ला पुरुष पालिका स्तरिय भलिबल प्रतियोगिता मा मुसिकोट नगरपालिका गुल्मी का खेलाडि हरु पनि सहभागि हुने भएका छन् जसमा मुसिकोट नगरपालिका गुल्मी र मुसिकोटबाट बिभिन्न ठाऊमा छरिएर बस्नुभएका भलिवललाई माया गर्ने बिभिन्न खेलप्रेमी महानुभावको आर्थिक सहयोगमा खेलाडिहरू सहभागि हुने भएका छन् ।
ऊक्त खेलमा मुसिकोटका बिभिन्न नौ वटा वडाबाट ११ जना खेलाडि छटोट गरिएको मुसिकोट नगर खेलकुद विकास समितीका सदस्य सन्दिप खत्रीले जानकारी दिनुभएको हो । जसमा १.राजेश कुवर (Open spiker )वार्ड नं १ २.आशिस सुनार (setter ) वार्ड नं ६ ३.सन्दिप बि क (quick spiker)वार्ड नं ८ ४.सागर सुनार (quick spiker)

वार्ड नं ५ ५ प्रसान्त सुनार ( open spiker)वार्ड नं९ ६.सुमिर रायमाझी (open spiker ) वार्ड नं ६ ७.हिमाल परियार (allrounder) वार्ड नं ५ ८.बिमल रायामाझी (quick spiker )वार्ड नं ६ ९.सागर बुडाथोकि (allrounder ) वार्ड नं८ १०.बिमल परियार (libro ) वार्ड नं ५ ११ प्रकाश थापा मगर (open spiker) वार्ड नं १

स्थानिय स्तरमा खेल्ने खेलाडिहरूका लागि ठुलो खेलको अनुभव हुने भएकाले यहाका खेलाडिलाई ऊक्त खेलमा सहभागि गराऊन लागिएको मुसिकोट भलिवल टिमका टिम ब्यावस्थापक विरवल गुरूङ् ले जानकारी दिनुभयो ।ऊक्त खेलमा प्रथम दित्तीय तिर्तिय र सानत्वना हुनेले क्रमश पाछ लाख ,

तीन लाख, एक लाख पचास हजार ,पचहत्तर हजार र बिधागत पुरस्कार पाऊने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय