चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसका शिक्षक कुटिए

काठमाडौँ । चिट चोर्न नदिएको भन्दै रत्न राज्य क्याम्पसमा स्नातक तहका विद्यार्थीले शिक्षकमाथि कुटपिट गरेका छन् ।

मंगलबार बिहान स्नातक तह प्रथम वर्षमा सोसल वर्क (बिएसडल्बु) को प्रयोगात्मक तर्फको ३० अंकको आन्तरिक परीक्षा भइहेको अवस्थामा चीट चोर्न खोजेका विद्यार्थीहरुलाई रोक्न खोज्दा शिक्षक प्रकाश पुडासैनी कुटिएका हुन् ।

परीक्षामा चिट चोर्न रोक्न खोज्दा स्नातक दोस्रो वर्षमा अध्ययनरत छात्र कुँवेर जेठाराले शिक्षकमाथि दुर्व्यवहार गर्न थाले। माहोल तनावपूर्ण भएपछि परीक्षा स्थगित भयो।

रत्न राज्य क्याम्पसका सहायक क्याम्पस प्रमुख देविप्रसाद घिमिरेले परीक्षा स्थगित गरेर विवादित दुई पक्ष शिक्षक र विद्यार्थीलाई आफ्नो कक्षमा लगि छलफल गराउने प्रयत्न गरिरहेकोमा विद्यार्थी कुँवेर जेठाराले पानी पिउन मन लागेको भन्दै डिसपेन्सन नजिक भएको स्टिलको जग उठाए।

जेठाराले उक्त जगले शिक्षक प्रकाश पुडासैनीको टाउकोमा हाने र उनको टाउकोमा चोट लाग्यो। प्रत्यक्षदर्शीका अनुसार स्टिलको जग कुच्चिएको थियो।

रत्न राज्य क्याम्पसमा स्नातकोत्तर तहमा पत्रकारीता तथा आम सञ्चार अध्यापन गराउने शिक्षक ऋषिकेश दाहालको ट्वीट अनुसार घाइते शिक्षक पुडासैनीको टाउकोमा सातवटा टाँका लगाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय