तीन दिनदेखि बेपत्ता महिला मृत फेला

तीन दिनदेखि बेपत्ता महोत्तरी मट्टीहानीकी एक महिला मृत फेला परेकी छन् । मट्टीहानी-३ बर्दाहकी २२ वर्षीया रुक्सार खातुन मृत भेटिएकी हुन् ।

खातुन हराउकाे भन्दै उनका आफन्तले प्रहरी चौकी धिरापुरमा मौखिक जानकारी दिएका थिए । खाेजिवन गर्दा उनी घर नजिकैकाे सार्वजनिक पोखरीमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि जलेश्वर अस्पताल ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

यो पनि पढ्नुहोस् – छबिलाल पाण्डे- बुर्तिबाङ – बुर्तिबाङमा बसले किच्दा एक जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङ बजारमा बसले किच्दा बडिगाड गाउँपालिका वडा नम्बर ४ का ३१ वर्षीय बल बहादुर काउचा घाईते भएका हुन् ।

रुकुमको रुकुमकोटदेखि बुर्तिबाङ काठमाडौँ जाँदै गरेको ना ५ ख २३९३ नम्बरको बसले किच्दा काउचा घाइते भएका हुन् ।

आइतबार अप्राहन्न ४ बजेति बुर्तिबाङको देवचोकदेखि बडिगाड आफ्नो घरसम्म पुग्नका लागि बसमा चद्दै गर्दा अचानक बसको ढोकाबाट खसेपछि बसको पछिल्लो चक्काले किचेको प्रत्यक्षदर्शीले बताए ।

घाइते काउचाको खुट्टाको घुँडा र हातमा गम्भीर चोट लागेको छ । बसका चालकलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले नियन्त्रणमा लिएको छ ।

घाईतेलाई बुर्तिबाङ स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको ढोरपाटन नगरपालिकाका स्वास्थ्य सम्योजक घनश्याम शर्माले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय