बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

व्यास नगरपालिका–१ सिमलटारमा बसले स्कुटरलाई ठक्कर दिदाँ चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने ६० वर्षीय खड्कबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ना ७ ख ६४०७ नम्बरको बसले ग १९ प ८५६४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका लामाको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

बस र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

यो पनि पढ्नुहोस् – बुटवल। बुटवलको एक चर्चमा नौ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

बुटवल उपमहानगरपालिका-११ बुद्धनगरस्थित चर्चमा ९ वर्षका बालक आरएस खड्गी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।

बुद्धनगरस्थित स्थानीय राजेन्द्र गौतमको घरमा भाडामा सञ्‍चालन गरिएको चर्चमा बालकका बुबा रजत खड्गीले ध्यान गरिरहेको समयमा बालक झुण्डिएको अवस्थामा भेटिएका स्थानीय हिरामणी न्यौपानेले बताए।

घटना शंकास्पद रहेको भन्दै स्थानीयले छानबिनको माग गरेका छन्।

इलाका प्रहरी कार्यालय बुटवलले शवको पोस्टमार्टमपछि थप विवरण खुल्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय