सि.सि क्यामेरा भएकै घरमा चोरी,प्रहरीद्वारा अनुसन्धान जारी

गोविन्द कंडेल, मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा गएराती तोडफोड सहित करिब ५५ हजार नगद चोरी भएको छ ।

मुसिकोट नगरपालिका वडा नं।७ वामीटक्सार स्थित गोवि न्द सापकोटाको घरमा रहको टेलर पसलमा भित्र रहेको भुड्की फोरेर करिब ७ हजार चोरी भएको बताइएको छ ।

त्यसैगरि Level up construction को कार्यालयबाट करिब ४० हजार नगद चोरी भएको व्यबस्थापक अर्जुन सापकोटाले बताउनु भयो । उक्त घरमा रहेको Infinity लघुबित्तबाट करिब ८ हजार नगद चोरी भएको बताइएको छ । भने सोही घरमै रहेको नेपाल टेलिकमको कार्यालयमा समेत तोडफोड भएको ६ ।

घरका सबै ताला अत्यन्तै चलाखी पुर्वक काटिएको र तोडिएको छ। उक्त घरमा रहेको CCTV Camera  सोही समयमा बन्द भएको पाइएको छ । यस प्रकारका घटना सामान्य मान्छेले घटाउन नसक्ने र उक्त घटनाको अनुसन्धान जारी रहेको वामी प्रहरी चौकिका सही जनक थापाले बताउनुभएको छ ।

सही थापाले बजारबासी हरुलाइ साँझको समयमा अपरिचित तथा संकाश्पद मान्छे देखिए अत्यन्तै चलाखिपुर्वक प्रहरीलाई खबर गर्न पनि आग्रह गर्नुभएको छ । त्रसित नभई सबै सचेत बन्न वामी प्रहरी चौकीले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय