टिपरले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु

सिरहामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

टिपरले माेटरसाइकललाई ठक्कर दिँदा सप्तरीको बलान विहुल गाउँपालिका वडा २ दिघियाका मोतीलाल यादव, भतिजा ३० वर्षीय रामकुमार र आठ वर्षीय नाती अभिषेकको ज्यान 

गएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. तपन दाहालले जानकारी दिनुभयो ।

प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकललाई स १ क २६१ नम्बरको टिपरले लहान नगरपालिका ३ मा पर्ने लहान ठाडी सडक खण्डमा ठक्कर दिएकाे हाे ।

ठक्करबाट एक जना घाइते भएका छन् । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय