रेसुङ्गा विमानस्थल निर्माणको काम तिब्र गतिमा, गुल्मेली जनताको जहाज चढने आशा पलायो

अनिल खत्री, गुल्मी

गुल्मी जिल्लाको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको छ । पछिल्लो समयमा बिमानस्थलका अन्तिम चरणका कामहरु टर्मिनल भवन र धावन मार्गको कामले तिब्रता पाएको छ ।

जसले गर्दा गुल्मेली जनताको जहाज चढने आशा पलाएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१० सिमीचौरमा निर्माणधिन रेसुङ्गा विमानस्थलका अन्तिम चरणका कामहरु तिब्र गतिमा अगाडी बढेका छन् ।

विमानस्थलको टर्मिनल भवन र धावन मार्ग निर्माणको काम तिब्र गतिमा अगाडी बढेको हो । विमानस्थलकोे अन्तिम चरणका काम मध्येका घेरावारको काम सम्पन्न भइसकेको छ । भने धावन मार्ग र टर्मिनल भवनको काम पनि ८० प्रतिशत सम्पन्न भइसकेको रेसुङ्गा निमानस्थलका सहायक आयोजना प्रमुख दिनेश परियारले बताए ।

उनले अब केहि दिनमै विमानस्थलले अन्तिमरुप पाउने बताए । धावन मार्गको कालोपत्रे गर्ने निर्माण व्यवस्थायीले बिभिन्न कारण देखाएर निर्माण कार्यले गति लिन नसकेको विमानस्थलका अन्तिम चरण कामहरु तिब्र गतिमा हुन थालेका छन् ।

पुरानो निर्माण व्यवसायीले काम नगरेकाले नयाँ निर्माण व्यवसायीले काम अगाडी बढाएकाले अब भने सम्पन्न हुने आशा पलाएको रेसुङ्गा नगरपालिका वडानम्बर–१० का वडाअध्यक्ष पदमप्रसाद अर्यालले बताए । धावन मार्ग कालोपत्रे गर्न सुरुमा मुख्य निर्माण व्यवसायीबाट काम लिएका व्यवसायीले काम नगरेकै कारण समयमै काम सम्पन्न हुन नसकेको अर्यालले बताए ।

विमानस्थल निर्माणका लागि बजेटको कमी नभएपनि निर्माण व्यवसायीकै ढिलासुस्तीले कामले गति लिन नसकेको उनले बताए । अब भने पछिल्लो एक हप्ताकै कामको गतिले धेरै आशा जगाएको अर्याललको भनाई छ ।

उनका अनुसार सबैक्षेत्रको चासो बढेकाले अब कुनैपनि हालतमा निर्माण कार्य ढिलो गर्न नहुनेमा जोड दिए । धावन मार्ग कालोपत्रे गर्न सम्पूर्ण सामाग्री तयारी अबस्थामा राखिएकाले बिचमा कुनै अबरोध नआए अबको डेढ महिना भित्र काम सम्पन्न गर्ने निर्माण व्यवसायी दिपक पाण्डेले बताए । निर्माणको जिम्मा लिएको एक हप्तामै आफुले धेरै काम अगाडी बढाएकाले अब केहि दिनमै काम पुरा गर्ने पाण्डेले बताए ।

उनका अनुसार कालोपत्रे गर्न चिसोले कुनै असर नगर्ने भएकाले कालोपत्रे गर्ने काम सम्पन्न हुने बताए । रेसुङ्गा विमान स्थलमा २०७५ साल जेठ २७ गते परिक्षण उडान पनि गरिएको थियो ।
तर परिक्षण उडान सफल भएपनि अन्य कामहरु निकै सुस्त गतिमा हुँदै आएका थिए । विमानस्थलको टर्मिनल भवन निर्माणको लागि २०७६ चैत ४ गते ४ करोड ५ लाखमा सम्झौता भई बिकोई श्रेष्ठ जेभीले काम गरिरहेको छ ।

निर्माणको काम अन्तिम चरणमा रहेको छ । त्यस्तै धावन मार्गको निर्माणको कार्य रौताहा हरि हरि जेभीले ७ करोड ५ लाख रुपियामा गरिरहेको छ ।

२०६३ सालमा तत्कालिन संस्कृति तथा पर्यटन मन्त्री प्रदीपकुमार ज्ञवालीले विमानस्थलको शिलान्यास गरेपनि २०७२ साल पछि निर्माणको कामले निरन्तरता पाएको हो । विमानस्थल ५२० मिटर लम्बाई र २० मिटर चौडाइमा धावन मार्ग निर्माणको काम भइरहेको छ ।

विमानस्थलको कुल १५६ रोपनी जग्गामा बिमानस्थलको एरिया छ । विमानस्थल समयमै सम्पन्न भए गुल्मेली र छिमेकी जिल्लाहरुका नागरिकहरु सिद्धबाबाको जोखिमपूर्ण अबस्था यात्रा गर्नुपर्ने बाध्यता अत्य हुने स्थनीयको अपेक्षा रहेको छ ।(खबर मार्केट)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय