बसको ठक्करले वृद्धाको मृत्यु

जनकपुरधाम । जनकपुरधाममा बसबाट ओर्लिएलगत्तै एक बृद्धाको सोही बसले किचिएर बुधबार बिहान मृत्यु भएको छ ।

महोत्तरी सदरमुकाम जलेश्वरबाट आएको ना ३ ख २६१० नम्बरको बसले ठक्कर दिँदा ७० बर्षीया शैलकुमरी देवीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सोही बसमा चढेर जनकपुरधाम आएकी हुन् ।

महोत्तरी गाउँपालिका- १ पर्साकी शैलकुमारी बसपार्कमा बस रोकिएपछि ओर्लेकी थिइन् । ओर्लेलगत्तै बस अगाडि बढाउँदा उनलाई ठक्कर दिएको थियो धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

दुर्घटनापछि बस र बसका चालक जनकपुरधामका फिरोज नदाफलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस् – डिबि खड्का गुल्मी। -गुल्मीमा बुधबार बोलेरो जिप दुर्घटना भएको छ ।

तम्घासबाट छिमेकी जिल्ला अर्घाखाँची जाँदै गरेको लु१ज ४३१० नम्बरको जिप जिल्लाको रेसुङ्गा नगरपालिका ७ कमेरेपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी तथा सुचना अधिकारी पुरुषत्तम पाण्डेले बताए ।

जिप सडक देखी ५० मिटर तल खसेको र जिपमा समान्य क्षेती पुगेको छ ।जिपमा सवार २५ वर्षीय लक्ष्मण विक र २१ वर्षीय निशान बस्नेत समान्य घाईते भएको प्रहरीले जनाएको छ ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली खटिएको र दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय