एसियन लाईफ इन्स्योरेन्सद्वारा मृ,त्युदाबी रकम भुक्तानी

एसियन लाईफ इन्स्योरेन्स क.लि .गुल्मीले मुसिकोट ७ गुल्मी स्थित बिमित ६१ बर्षीय लक्षिमा सापकोटा मृत्यु बापत रू ७,२२,६३०।- भुक्तानी गरेकोछ।

मिति २०७७/०३/२२ गते अभिकर्ता सिता सापकोटा मार्फत सुखी जीवन (आजीवन) बीमा योजना खरिद गर्नु भएकी बिमित लक्षिमा सापकोटाको बीमा गरेको ७ महिना नपुक्दै मिति २०७७/११/१६ मा असमायिक निधन भएको थियो। बिमित सापकोटाले पहिलो किस्ता बापत रू १,५५,९५७।-

मात्र भुक्तानी गर्नु भएको थियो। उत्कृष्ट अभिकर्ता सिता सापकोटा साथै कार्यालय प्रमुख राजन के.सी ले हकवाला सुबाश सापकोटाको श्रीमती बिष्णु सापकोटालाई रू ७,२२,६३०।- बराबरको चेक हस्तान्तरण गर्नु भएको हो।

साथै कार्यालय प्रमुख राजन के.सी ले जीवन बीमा केवल आफ्नो लागि मात्र नभई आश्रित परिवारको लागि आर्थिक जोखिम बहन गर्ने उत्कृष्ट माध्यम रहेको बताउदै आफ्नो आर्थिक अवस्था अनुसारको बीमा तुरुन्तै गर्न सल्लाह समेत दिनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय