शिक्षकद्वारा जन्म दिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री तथा खाजा व्यवस्थापन

विष्णुप्रसाद आचार्य मुसिकोट गुल्मी- गुल्मीको मुसिकोट नगरपालिका ७ वामी काफलटोला स्थित श्री भगवती प्राथमिक विद्यालयका शिक्षक श्री जनक काफ्लेले आफ्नो जन्म दिनको अवसर पारेर विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री र खाजा व्यवस्थापन गर्नुभएको छ ।

पछिल्लो समय जन्म दिनको अवसर पारेर अनावश्यक खर्च गर्ने चलन बढ्दै गएको अवस्थामा शिक्षक जनक काफ्लेले भने विद्यार्थीको लागि शैक्षिक सामाग्री र खाजाको व्यवस्थापन गर्नुभएको विद्यालयले बताएको छ ।

मङ्गलबार परेको काफ्लेको जन्म दिनको अवसरमा विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा खाजा वितरण र शैक्षिक सामाग्री अन्तरगत कापी र कलम वितरण गरिएको काफ्लेले बताउनुभएको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई थोरै भएपनी शैक्षिक सामाग्री सहयोग गर्नाले आगामी दिनमा सामाजिक रुपमा राम्रो सन्देश प्रवाह हुने र सबैले यस्तै काममा सरिक हुन थालेमा सामाजिक रितिरिवाज,सस्कार र मेलमिलापको भावनाको वृद्दी हुने अपेक्षा गर्दै आफुले यसो गरेको काफ्लेको भनाइ छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजिन्द्र जिसिको प्रमुख आतिथ्यता,विद्यालयका शिक्षकहरुको विशेष उपस्थितमा भएको कार्यक्रमको सन्चालन शिक्षक जनक काफ्लेले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस् – गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ स्थित रुद्रावति बुहुमुखी क्याम्पसमा आज नेपाल बैंक लिमिटेड वामी शाखाले एक बिद्यार्थी लक्षित बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल बैंक लिमिटेडको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत मुसिकोट ७ वामीमा रहेको नेपाल बैंक लिमिटेडको वामी टक्सार शाखाले मंगलबार रुद्रावति बुहुमुखि क्याम्पसमा बिद्यार्थी लक्षित बित्तिय साक्षरता कार्यक्रम गरेको शाखा प्रबन्धक राजु अर्यालले नबखबरलाई जानकारि दिनु भयो ।

उक्त कार्यक्रमम नेपाल बैंक लिमिटेड वामी शाखाका प्रबन्घक राजु अर्यालले बैंकको परिचय दिंदै बित्तिय साक्षरता किन आबस्यक छ भन्ने बिषयमा प्रष्ट पार्नु भएको थियो।

त्यसै गरि कार्यक्रममा बोल्दै पुजा भट्टले बचत, ऋण, बिमा, बिप्रेषण (रेमिट्यान्स), रेमिट्यान्स र हुन्डि बिचको फरक, बैंकका प्रकार, बैंक र अन्य बित्तिय संस्थाबिच रहेको अन्तर, बैक खाताका प्रकार, बैंक खाता खोल्दा आबस्य पर्ने कागज पत्र लगायतका बिषयमा बिद्यार्थीहरु सङ्ग छलफल गर्नु भएको थियो।

त्यसै गरी अर्कि बक्ता दिपाली श्रेष्ठले कार्यक्रममा बोल्दै डिजिटल बैंकिङ अन्तरगत पर्ने Mobile Banking, Internet Banking, Fonepay, connect IPS, Demat, Mero share का बिषयमा छलफल गर्नु भयो ।

यसका साथै अहिले नेपाल बैंकमा लिमिटेड खाता खोल्ने बिद्यार्थीहरुका लागी एउटा NTC को बिभिन्न सुबिधा सहितको सिम कार्ड नि-शुल्क, अन्य बिशेष अफरहरु रहेकाले सबै बिद्यार्थीहरुलाइ खाता खोल्न बैंक परिवरले अनुरोध गरेको शाखा प्रबन्धक राजु अर्यालले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा चेतना घिमिरेले बैंकिङ बिषयमा कबिता प्रस्तुत गर्नु भएको थियो भने भुवम काफ्ले, शुस्मा सलामी, चेतना घिमिरेले क्याम्पसमा बित्तिय साक्षरता कार्यक्रम सन्चालन गरि बैंकको बिषयमा जान्ने अबर दिनु भएकोमा बैक परिवार धन्यवद ब्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय