नेपाल बैंक लिमिटेड वामी शाखाद्वारा रुद्रावति बहुमुखि क्याम्पसमा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

भुवन काफ्ले गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ स्थित रुद्रावति बुहुमुखी क्याम्पसमा आज नेपाल बैंक लिमिटेड वामी शाखाले एक बिद्यार्थी लक्षित बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल बैंक लिमिटेडको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत मुसिकोट ७ वामीमा रहेको नेपाल बैंक लिमिटेडको वामी टक्सार शाखाले मंगलबार रुद्रावति बुहुमुखि क्याम्पसमा बिद्यार्थी लक्षित बित्तिय साक्षरता कार्यक्रम गरेको शाखा प्रबन्धक राजु अर्यालले नबखबरलाई जानकारि दिनु भयो ।

उक्त कार्यक्रमम नेपाल बैंक लिमिटेड वामी शाखाका प्रबन्घक राजु अर्यालले बैंकको परिचय दिंदै बित्तिय साक्षरता किन आबस्यक छ भन्ने बिषयमा प्रष्ट पार्नु भएको थियो।

त्यसै गरि कार्यक्रममा बोल्दै पुजा भट्टले बचत, ऋण, बिमा, बिप्रेषण (रेमिट्यान्स), रेमिट्यान्स र हुन्डि बिचको फरक, बैंकका प्रकार, बैंक र अन्य बित्तिय संस्थाबिच रहेको अन्तर, बैक खाताका प्रकार, बैंक खाता खोल्दा आबस्य पर्ने कागज पत्र लगायतका बिषयमा बिद्यार्थीहरु सङ्ग छलफल गर्नु भएको थियो।

त्यसै गरी अर्कि बक्ता दिपाली श्रेष्ठले कार्यक्रममा बोल्दै डिजिटल बैंकिङ अन्तरगत पर्ने Mobile Banking, Internet Banking, Fonepay, connect IPS, Demat, Mero share का बिषयमा छलफल गर्नु भयो ।

यसका साथै अहिले नेपाल बैंकमा लिमिटेड खाता खोल्ने बिद्यार्थीहरुका लागी एउटा NTC को बिभिन्न सुबिधा सहितको सिम कार्ड नि-शुल्क, अन्य बिशेष अफरहरु रहेकाले सबै बिद्यार्थीहरुलाइ खाता खोल्न बैंक परिवरले अनुरोध गरेको शाखा प्रबन्धक राजु अर्यालले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा चेतना घिमिरेले बैंकिङ बिषयमा कबिता प्रस्तुत गर्नु भएको थियो भने भुवन काफ्ले, शुस्मा सलामी, चेतना घिमिरेले क्याम्पसमा बित्तिय साक्षरता कार्यक्रम सन्चालन गरि बैंकको बिषयमा जान्ने अबर दिनु भएकोमा बैक परिवार धन्यवद ब्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय