काठमाडौं । तीन कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ । यतिबेला जोशी हाइड्रोपावर सहित तीन कम्पनीको सेयर मूल्य उच्च दरमा घटेको हो ।
यो समाचार तयार गर्ने बेलासम्म जोशी हाइड्रोपावरको सेयर मूल्य ८.६७ प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३० रुपैयाँ ३० पैसाले घटेर ३१९ रुपैयाँ कायम भएको छ ।
यस्तै, सानन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयर ८.४९ प्रतिशत अर्थात प्रतिकित्ता ३२ रुपैयाँले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य ३४५ रुपैयाँ कायम भएको छ ।
त्यसैगरि नेशनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि ८.४९ प्रतिशत अर्थात प्रतिकित्ता ३२ रुपैयाँ ३० पैसाले घटेर ३४८ रुपैयाँ कायम भएको छ ।