रायमाझी समिति मुसिकोटद्वारा जेष्ठ नागरिक सम्मानित 

गुल्मी ।  रायमाझी कूलदेवता  मुसिकोट नगरपालिका ३ समितिद्वारा जेष्ठ नागरिक  सम्मानित भएका छन । 

समितिले शनिबार एक औपचारिक कार्यक्रमका बिच जेष्ठ  नागरिकलाई सम्मान गरेको हो । समितिले  ६० वर्षीया डिल कुमारी रायमाझी, सुवेदार मेजर शकर रायमाझी र मानबहादुर रायमाझीलाई सम्मान गरेको छ । 

विगतका वर्षमा जस्तै यस वर्ष पनि रायमाझी बन्धुहरु भित्रका जेष्ठ नागरिकलाई सम्मान गरेको समितिले जनाएको छ । 

कार्यक्रममा प्रमुख अतिथी तथा रायमाझी कुलदेवता समितिका जेष्ठ ब्यक्त्ती मेघबहादुर रायमाझीले जेष्ठ नागरिकलाई गरेको सम्मान प्रशंसनिय रहेको बताए । समितिका बिशिस्ट सदस्य  डिल बहादुर रायमझिले रायमाझी एक हुन आग्रह गरे ।

नेपाल प्रेस युनियन पाल्पाका सचीव  रामचन्द्र रायमाझिले देश भर रायमाझीहरुको छुट्टै  पहिचान रहेको बताए । उनले मुलुकमा विभिन्न जातजाती, भेषभूषा र धर्म मान्ने व्यक्तिहरु रहेकाले सबै एक ढिक्का भएर अगाडि बढे मात्रा समाज र देश बन्ने भएकाले एकताको सन्देश प्रवाह गर्न रायमाझी बन्धुहरु एक ढिक्का भएर अगाडि बढ्नुपर्ने जोड दिए ।

 रायमाझीले सबै नेपालीहरु एउटै भएकाले घर परिवार समाजबाटै एकताको सन्देश दिन पहिला बन्धुहरु एक भएर जानु आवश्यक रहेको औल्याए । सम्मानित ब्यक्क्ति शकर रायमाझिले सम्मान गरेकोमा समितिलाई धन्यवाद दिए ।

 उनले बन्धुत्वको भावना उजागर गरी अन्य समुदाय र वर्गलाई पनि एक शुत्रमा बाध्न रायमाझी बन्धुहरु उदाहरणीय र अनुकरणीय बन्नुपर्नेमा जोड दिए । उनले रायमाझी बन्धुहरु मुद्दाको रुपमा नभई समाज र देशलाई एकताको शुत्रमा बाध्न एकताबद्ध भएर जान बन्धुहरुलाई आग्रह गरे ।

कार्यक्रम समितिका अध्यक्ष  प्रेम बहादुर रायमाझिले समितिलाई अझ मजबुद र सक्रिय बनाएर लैजानुपर्नेमा जोड दिए । उनले रायमाझिमा परेको समस्या समधानमा समिती कटिबद्ध  भएर लाग्ने बताए । 

समितिका अध्यक्ष  शकर रायमाझिको अध्यक्षता ,ग्लोवल आईएमी बैंकका तम्घास शाखा प्रवन्धक योगेन्द्र रायमाझिको स्वागत ,मधुशुधन रायमाझिको सन्चालनमा कार्यक्रम  भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय