यस्तो छ नेपालमा पछिल्लो समयको कोरोना संक्रमणको अवस्था

काठमाडौं -नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ८७ जनाको कोरोना परीक्षण भएकोमा २ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ४ सय ७२ जनाको पीसीआर विधिबाट परीक्षण भएकोमा २ सय ३२ जना र ४ हजार १५ जनाको एन्टिजेन विधिबाट परीक्षण भएकोमा २७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै बितेको २४ घण्टामा ३ सय ३७ जना निको भएर घर पर्किएका छन् भने ३ संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म ११ हजार ५ सय ५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

हाल ५ हजार ९ सय ९७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय