ओलीको सुझावः कांग्रेस परिवर्तनको इतिहास बोकेको पार्टी हो, अर्काको एजेण्डमा नहिडोस्

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले अर्काको एजेण्डा बोकेर नहिड्न सुझाव दिएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार आयोजित १४औँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेसका मात्रै नेता नबनेर सबैको नेता बन्न आग्रह पनि गरेका छन् । 

उनले महाधिवेशको शुभकामना दिँदै भने, ‘नेपाली कांग्रेस अरुको एजेण्डा बोकेर हिड्न छाड्नु पर्छ । आफ्नो एजेण्डा लिएर अघि बढोस् ।’

कांग्रेसको महाधिवेशनमा आउनुअघि एमाले अध्यक्ष ओली प्रज्ञा प्रतिष्ठानमा आयोजित पार्टी कार्यक्रममा सहभागी थिए । उनी त्यहाँबाट कांग्रेसलाई सम्झाउन जान्छु भन्दै निस्किएका थिए । 

ओलीले आफू राजनीतिक दलहरुसँग हातेमालो गर्न तयार रहेको बताए ।

उनले राजसंस्थाप्रति संकेत गर्दै जन्मसिद्ध रुपमा कोही पनि शासक हुन नसक्ने बताए। ‘भर्खरभर्खरको बाच्छो राम्ररी हिँड्न जान्दैन, अलि बढी कुद्छ,’ उनले भने।

उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनप्रति इगिँत गर्दै नेताहरुलाई चोर भनेको विषयमा पनि चित्त दुखाए । राजनीति आआफ्ना स्वार्थको रोटी सेकाउने ठाउँ बनेको उल्लेख गर्दै देश बनाउन सँगै जानुपर्ने बताए।

उनले नेकपा एमाले एक्लै हिँड्ने रहन नगर्ने बताए। ‘म कसैको कुरामा वाद प्रतिवाद गर्न चाहन्न, मलाई मञ्चहरुको कमी छैन,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय