गुल्मीका प्रयोगात्मक परीक्षामा तथ्यांक संकलनमा गएका विद्यार्थीसङ्ग समुदाय नै प्रभावित

विष्णुप्रसाद आचार्य चकित मुसिकोट गुल्मी

गुल्मीको मुसिकोट नगरपालिका ७ स्थित वामीमा रहेको रुद्रावती बहुमुखी क्याम्पसका विद्यार्थीहरुले समुदायलाइ नै प्रभावित बनाएका छन ।

क्याम्पसका बि.एड प्रथम वर्षका अङ्ग्रेजी समुहका विद्यार्थीहरुको प्रयोगात्मक परीक्षाको लागि तथ्यांक संकलनमा गएका विद्यार्थीहरुले स्थानीयको समेत मन जितेका छन ।

प्रयोगात्मक परिक्षाको लागि वामी सेरामा रहेको जनज्योति प्राथमिक विद्यालयमा श्रोत संकलनको लागि गएका विद्यार्थीहरुको प्रस्तुति देखेर विद्यालय र समुदाय नै प्रभावित भएका हुन ।

धेरै प्रयोगात्मक परिक्षामा वास्तविक प्रक्रिया नपुराइ औपचारिकता पूरा गर्ने गरिन्छ भनेर नेपालका धेरै प्रयोगात्मक परीक्षालाइ आरोप लगाउने गरिएकोमा रुद्रावती वहुमुखी क्याम्पसका विद्यार्थीहरुले भने यसलाइ सोचनीय बनाएका छन ।

प्रयोगात्मक परीक्षालाइ कस्तो बनाउने भन्ने सम्बन्धित प्राध्यापकसङ्ग जोडिएको विषय भएकोले क्याम्पसका प्राध्यापक हेमन्त घिमिरेले वास्तविक रुपमा काम नगरी प्राप्त गरेको अङ्कको कुनै अर्थ नरहेको भन्दै आफुले विद्यार्थीलाई गहिराईसम्म पुराएर तथ्यांक संकलन,विष्लेषण र निष्कर्ष निकाल्ने कुरामा सहजीकरण गरेको बताउनुभयो ।

शुक्रवार जनज्योति प्राथमिक विद्यालयमा गरेको तथ्यांक संकलनका लागि विद्यार्थीहरुले निबन्ध लेखन,हाजिरिजवाफ प्रतियोगिता र नृत्य प्रतियोगिता सन्चालन गर्दा विद्यालय आसपासका बासिन्दाहरु निकै खुसी हुँदै प्रयोगात्मक परीक्षाको लागि गएका विद्यार्थीहरुको प्रशम्सा समेत गरेका थिए ।

प्रतिस्पर्धात्मक रुपमा गरिएको हाजिरिजवाफ कार्यक्रममा सुनिल रानाको समूह प्रथम,सुजाता थापाको समूह द्वितीय,सरिता रानाको समूह तृतीय र सन्जु थापाको समूह सान्त्वना भएको र सबैलाइ पुरस्कृत गरिएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुमित्रा भण्डारीको प्रमुख आतिथ्यता,आयोजक विद्यार्थीको तर्फबाट झरना घिमिरेको सभापतित्व,प्राध्यापक हेमन्त घिमिरेको व्यवस्थापन ,विद्यालयका शिक्षक विष्णुप्रसाद आचार्यको सहजीकरण र आयोजक विद्यार्थी दिप्सन छिनालको सन्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय