काठमाडौं । बुधबार नेपालमा थप २८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेदिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२ हजार १७४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
९ हजार १६८ जनाको पिसिआर परीक्षण र ३००६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल ६ हजार २३९ जना सक्रिय संक्रमित छन्।
३३६ जना निको समेत भएका छन् भने २ जना को मृत्यु भएको छ। काठमाडौं उपत्यकामा १४६ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १००, ललितपुरमा ३१ र भक्तपुरमा १५ संक्रमित छन्।
यो पमि पढ्नुहोस् – अहिले प्रयाेगमा अाइरहेका खेापहरुले नै काेभिडकाे नयाँ भेरियन्ट ओमिक्राेनलाई काम गर्ने विश्व स्वास्थ्य संगठन(डब्लूएचअाे ) ले जनाएकाे छ ।
अहिले प्रयाेग भइरहेका खाेपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जाेगाउने डब्ल्यूएचओका आपतकालीन निर्देशक डा माइक रायनले बताएका छन् ।
प्रचलित खाेपले सबै भेरियन्टका संक्रमितलाइ अस्पताल जानबाट जाेगाउने उनकाे भनाइ छ ।
दक्षिण अफ्रिकामा ओमिक्राेन सक्रमितहरुमा गरिएकाे एउटा ल्याब परीक्षाणमा अहिले प्रयाेगमा अाएकै खाेपले काम गर्ने देखिएकाे हाे ।
चलन चल्तिमा अाएका खाेप कति हदसम्म प्रभावकारी हुन्छन भन्ने बारेमा थप अनुसन्धान भइरहेकाे जनाइएकाे छ ।