धार्मिक महोत्सव लगाएरै करिव साढे तिन करोड आर्थिक संकलन

कौरव खत्री- बागलुङ । बागलुङ गलकोटको श्री लक्ष्मीनारायण मन्दिरमा पञ्चकुण्डीय हवनात्मक साङ्ग श्री लक्ष्मीनारायण महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक महोत्सव धार्मिक महोत्सवमा सोमबार सम्पन्न भएको छ ।

गलकोट नगरपालिका ९ रिस्मी छिस दरबार स्थित लक्ष्मीनारायण मन्दिरमा धार्मिक महोत्सवमा नगद रु.३ करोड,४८ लाख आर्थिक सहयोग संकलन भएको महायज्ञ सम्पादन समितिका कोषाध्यक्ष यज्ञप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

५ करोड आर्थिक संकलन गर्ने लक्ष्य सहित धार्मिक महोत्सव गत मंसिर ६ गते देखि शुरु गरिएको धार्मिक महोत्सव सोमबार सम्पन्न गरिएको महायज्ञ समितिका सचिव ढगिन्द्र सापकोटाले जानकारी दिनुभयो ।

१५ दिनसम्म सञ्चालन गरिएको धार्मिक महोत्सवमा सँवा करोड बत्ती बाल्ने,सम्पूर्ण धर्म गुरुहरुको उपस्थित तथा सन्तहरुको कुम्भ मेला एंव दैनिक भजनकिर्तन,साँगतिक झाँकी सहितका साँस्कृतिक प्रस्तुतीहरु समेत सञ्चालन गरिएको थियो ।

महोत्सवको अन्तिम दिन अर्थात सोमवार पनि चन्दादाता सम्मान एंव विभिन्न क्षेत्रबाट महोत्सवलाई सहयोग पु¥याउनु हुने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

२०२५ सालमा स्थापना भएको महोत्सवमा संकलन गरिएको सहयोग रकमले लक्ष्मीनारायण मन्दिर जीर्णोद्धार एवं विविध सेवा सहितको दिव्यधाम बनाउने लक्ष्य रहेको महायज्ञ सम्पादन समितिका अध्यक्ष इन्द्रमणी सापकोटाले जानकारी दिनुभयो ।

धार्मिक महोत्सवले लक्ष्मीनारायण मन्दिरलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको वृद्धि विकासमा सहयोग पु¥याउने महायज्ञ सम्पादन समितिका उपाध्यक्ष नारायण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय