दुबईमा गाडी दुर्घटनामा परेका रानालाइ मुसिकोटमा वामी नमुना समाजद्वारा सहयोग

विष्णुप्रसाद आचार्य मुसिकोट गुल्मी -वैदेशिक रोजगारीको क्रममा खाडी मुलुक दुबईमा गाडी दुर्घटनामा परि घाइते भएका मुसिकोट नगरपालिका वडा नम्बर ७ वामी सेराका नन्दबहादुर रानालाइ वामी नमुना समाजद्वारा सहयोग गरिएको छ ।

करिब दुई महिना अगाडि वैदेशिक रोजगारीको क्रममा दुबई पुगेका नन्दबहादुर कामको सिलसिलामा गाडी दुर्घटनामा परि बायाँ खुट्टो भाचिएर घाइते भएको नमुना समाजका महासचिव तोयनाथ खरालले जानकारी दिनुभयो ।परिवारको भरोसाको रुपमा रहेका नन्दबहादुर नै दुर्घटनामा परेपछि परिवारलाइ समस्या भएको छ ।

परिवारले वामी नमुना समाजको केन्द्रीय कार्यालयमा सहयोगको लागि अनुरोध गरेपछि सस्थामा आवद्द विश्वका विभिन्न मुलुकमा कार्यरत नेपालीहरुले सहयोग उठाएर नमुना समाजको प्रधान कार्यालयमा पठाएपश्चात् नगद नेपाली पचास हजार रुपैयाँ सहयोग गरिएको नमुना समाजले बताएको छ ।

नन्दबहादुर राना अहिले बि एण्ड बि अस्पताल काठमाडौको उपचारपछि मुसिकोट वामी सेरामा घरमा आराम गरिरहनुभएको छ, बिरामीलाइ क्रमश सुधार हुँदै गएको छ ।

सहयोग हस्तान्तरण पश्चात घाइतेका बुवा सुक बहादुर रानाले विगतदेखि सामाजिक कार्यमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको वामी नमुना समाजले पिडामा परेको बेला देखाएको मानवीय कार्यप्रती आफू निकै भावुक बनेको प्रतिकृया दिदै सहयोगी सस्था र व्याक्तिलाइ धन्यवाद दिनुभएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा नमुना समाजका प्रधान कार्यालयको तर्फबाट महासचिव तोयनाथ खराल,कोषाध्यक्ष कमलप्रसाद खराल,वरिष्ठ सल्लाहकार जनक बहादुर थापा,जीवलाल खराल,सदस्य परशुराम खराल,मार्कण्ड खराल र लिलाधर खराल लगायत सहभागी हुनुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय