गुल्मीमा चितुवा मृत भेटियो

गुल्मी । गुल्मीमा मृत चितुवा फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर ५ आपँचौर तल्लाफाटमा मृत चितुवा भेटिएको हो ।

मिमिया फाट चौपारी नजिकै मोटरबाटोमा मृत अवस्थामा चितुवालाई स्थानियले देखेपछि प्रहरी कार्यालय मजुवामा र कालीगण्डकी चन्द्रकोट सव डिभिजन बन कार्यालय सोतामा जानकारी गराएका थिए ।

उक्त स्थानबाट रेन्जर बाबुराम न्यौपानेको टोलीले डिभिजन बन कार्यायल गुल्मीमा जानकारी गराएको थियो ।

डिभिजन बन कार्यालय गुल्मीबाट सायक बन अधिकृत पंकज कुमार ठाकुरसहितको टोलीले घटनास्थाल पुगी डिभिजन बन कार्यालय गुल्मीमा ल्याएको थियो ।

यो पनि पढ्नुहोस् -काठमाडौं । काठमाडौंको कोटेश्वरमा रोकिराखेको ट्रकमा ठोक्किएर एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा भक्तपुरको ठिमीका ३५ वषर्ीय सुरज खलाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका खलाको उपचारको क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोटेश्वरको आकाशेपुल नजिकै सडक किनारामा रोकिराखेको ना ६ ख ३१५८ नम्बरको ट्रकमा बागमती प्रदेश-०२-०२७ प ५९३७ नम्बरको मोटरसाइकल आज बिहान सवा २ बजेतिर ठोक्किएको थियो ।

दुर्घटनामा संलग्न सवारी साधन सहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय