नेपालमा पनि भेटियो कोरोनाको ओमिक्रोन भेरियन्ट

काठमाडौं । पछिल्लो समय विश्वका दर्जनौं देशमा पुगेको कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट नेपालमा पनि फेला परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि यो नयाँ भेरियन्ट फेला परेको पुष्टि गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको बताए ।

उनका अनुसार संक्रमित मध्ये एक जना ६६ वर्षका छन् । उनको सम्पर्कमा रहेका अर्का एक जनालाई पनि संक्रमण पुष्टि भएको हो । अर्का व्यक्ति ७१ बर्षका हुन् ।

हालसम्म ३५ देशमा ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको छ । आइतबार मात्रै भारतमा १७ जनामा यो संक्रमण पुष्टि भएको थियो ।

भारतमा पनि यस भेरियन्ट फैलिने क्रम रोकिएको छैन । जसको कारण नेपालमा पनि जोखिम बढेको छ 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय