कक्षा १२ को नतिजा सार्वजनिक, ७ हजार ६३ विद्यार्थीले प्राप्त गरे ‘ए प्लस’

काठमाडौँ – कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्ष बोर्डको आज बिहान बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार ७ हजार ६३ जना विद्यार्थीले ए प्लस नतिजा प्राप्त गरेका छन् । त्यस्तै ४८ हजार २३९ ले ग्रेड ए ल्याएका छन् ।

७० हजार १ जनाले बी प्लस प्राप्त गरेका छन् । त्यस्तै ९९ हजार ५३७ जनाले बी ग्रेड प्राप्त गरेका छन् । ७५ हजार ०८८ जनाले सी प्लस नतिजा प्राप्त गरेको बोर्डले जनाएको छ ।

२४ हजार ५१५ जनाले ग्रेड सी ल्याएका छन् । ३ हजार ८७५ जनाले डी प्लस प्राप्त गरेका छन् । नतिजा डी ल्याउनेको संख्या २९६ छ । त्यस्तै १० हजार ०७६ जनाले ग्रेड ई प्राप्त गरेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार गएको भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा–१२ को परीक्षामा तीन लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।

कोभिड–१९ का कारण परीक्षा दिन नपाएकाहरूले गएको बुधबारदेखि परीक्षा दिएका छन् । कोभिडका कारण परीक्षा दिन छुटेका ४१ विद्यार्थी परीक्षामा सहभागी छन् । ती परीक्षार्थीको परीक्षाफल १० दिनभित्र प्रकाशित गरिने बोर्डले जनाएको छ ।

४६ जना विधार्थी को परीक्षा रद्द गरिएको बोर्ड ले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय