गुल्मीको मुसिकोटमा रक्तदान कार्यक्रम सन्चालन हुँदै,सहभागिताको लागि अनुरोध

विष्णुप्रसाद आचार्य चकित मुसिकोट गुल्मी

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ३ बडागाउ ठुलापोखरा स्थित बडागाउ स्वास्थ्य चौकीमा रक्तदान कार्यक्रम संचालन हुने भएको छ ।

श्री पृथ्वी माध्यमिक विद्यालय मुसिकोट ३ बडागाउ मैदानको २०६१ को एस.एल.सी ब्याच अन्तरगत प्रतिमा राना स्मृति अक्षय कोषको आयोजनामा आउदो शनिबार कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

आपतकालीन अवस्थामा रगतको अभावमा कतिपय मानिसले ज्यान गुमाउनुपरेको स्मरण गर्दै यस अभियानले थोरै भएपनी सहयोग होस भन्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको कोषका अध्यक्ष सुमेन्द्र सिंह ठकुरीले जानकारी दिनुभयो ।

कार्यक्रममा रक्त संकलनका लागि नेपाल स्वयम्सेवी रक्तदाता समाज रुपन्देही बुटवलबाट ८ जनाको प्राविधिक सहितको टोलि शुक्रबार बेलुकिसम्म मुसिकोट आइपुग्ने ठकुरिको भनाइ छ ।

रक्तदान कार्यक्रम मार्फत ७० देखि ८० युनिटसम्म रगत संकलन गर्ने लक्ष्य रहेको र संकलनपश्चात बुटवलमा रहेको नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंक मा जम्मा गरिने ठकुरीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय