मुसिकोटका पहिरो पिडीतलाइ काँग्रेसद्धारा नगद तथा खाद्यान्न सहयोग

चकित, विष्णु प्रसाद आचार्य गुल्मी — नेपाली काँग्रेस गुल्मी काठमाडौँ सम्पर्क समिती अन्र्तगतको विपत ब्यवस्थापन समितीले मुसिकोटका पहिरो पिडीतलाइ राहत सामाग्री हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेसले पहिरो पिडीतलाइ दिइने राहत सामाग्री नेपाली काँग्रेस मुसिकोटका वडा सभापती रामचन्द्र घिमीरेलाइ हस्तान्तरण गरिएको गुल्मी काठमाडौ सम्पर्क समितीका उपाध्यक्ष कृष्ण प्रसाद खरेलले जानकारी दिनुभयो । पहिरो पिडीतहरुलाइ समग्रमा १२५ बोरा चामल, १२५ पोका तेल,१२५ पोका नुन र सोही मात्रामा सोयाबिन सम्पर्क समितीको उद्येश्यअनुसार नै पहिरो पिडीतलाइ राहत हस्तान्तरण गरिएको काँग्रेसका पुर्व वडा सचिव जनक खत्रीले बताउनुभयो । सोही अवसरमा पहिरोले घरबारविहिन बनाएका चुमानसिंह खत्री, कमला नेपाली, र राम बहादुर नेपालीलाइ जनही ५ हजारका दरले नगद रकम हस्तान्तरण गरिएको पनि उहाँले बताउनुभयो ।

हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै नेपाली काँग्रेस गुल्मीका सभापती भुवनप्रसाद श्रेष्ठले गत असारको पहिरोले विस्तापित तथा प्रताडित परिवारमा सानो भएपनि सहयोग पुगोस भनेर गरिएको यो काम एकदमै सह्राहनीय रहेको भन्दै गुल्मी काठमाडौ सम्पर्क समितीलाइ धन्यवाद समेत व्यक्त गर्नूभएको थियो ।

कार्यक्रममा गुल्मी काठमाडौ सम्पर्क समितीका अध्यक्ष तथा अर्का प्रमुख अतिथी ज्ञान बहादुर कार्कीले बाल्दै विपदमा काँग्रेस सधै सँगै रहेकोले हतोत्साहित नबन्न सम्बद्ध सबैलाइ आग्रह समेत गर्नुभएको थियो । त्यस्तै सम्पर्क समिती अन्तगर्तको विपद व्यवस्थापन समितीका संयोजक योगराज कँडेलले विपदमा परेकालाइ सहयोग गर्नकै लागि समिती गठन भएकोले आफुहरु सधै दीनदुखीहरुको साथमा रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस पुर्व जिल्ला कार्यवाहक सभापती रवि ज्ञवाली, सम्पर्क समितीका उपाध्यक्ष कृष्ण प्रसाद खरेल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा जिल्ला उपसभापती बिष्णु प्रसाद बलाल, सचिव द्धय खिलध्वज पन्थी, बिष्णु कुमारी सापकोटा,स्वास्थ्यकर्मी संघका केन्द्रीय उपमहासचिव मीन पन्थी, पार्टी जिल्ला सदस्य धर्मराज पाण्डे,मुसिकोटका छाया सरकार प्रमुख झविलाल भण्डारी, आँपचौरका पार्टी सभापती डिल्लीराज खरेल, सन्तोष पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा मुसिकोटका पुर्व वडा सचिव जनक खत्रीको स्वागत मन्तव्य रहेको थियो, पार्टी सभापती रामचन्द्र घिमीरेको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन क्षेत्रीय प्रतिनिधी तेज बहादुर महतको रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय