विवाद पछि रोकिएको गुल्मी काँग्रेस सभापतिको मतदान भोलि हुने ।

नेपाली कांग्रेसको गुल्मी जिल्ला सभापतिका लागि रोकिएको मतदान भोलि आईतबार हुने भएको छ । 

शुक्रवार चिदिचौर मतदान स्थलमा मतपत्रमा संकेत देखिएको भन्दै मुसिकोट नगरपालिकाकाका मतदातालाई मतदान गर्न रोक लगाईएपछि मतदान रोकिएको थियो ।

रोकिएको मतदान सुरु गर्ने विषयमा छलफल गर्न उम्मेदवार सहितको बैठक पछि भोलि बिहान ९ बजेदेखी १ 

बजेसम्म मुसिकोटका सम्पुणर् (मतदान गरेका र गर्न बाकी) मतदाताले चिदिचौरको सोही स्थानमा मतदान गर्ने निर्वाचन अधिकृत सतिस झाले जानकारी दिनुभयो । सभापति चयनका लागि शनिबार बिहान मतदान सुरु भएको थियो ।

अन्य ११ स्थानीय तहको मतदान भने सकिएको छ । सभापतिका लागि खिलध्वज पन्थी र वेदबहादुर थापा मगर उम्मेदवार छन् । जिल्ला सभापतिको उम्मेदवारमा आकांक्षीको रुपमा उभिएका पन्थी पौडेल पक्ष र थापा देउवा पक्षधर नेता हुन् ।

दुई जना जिल्ला उपसभापतिका लागि ५ जनाबीच प्रतिस्पर्धा भएको छ । जसमा अनन्तराम पौडेल, शिबबहादुर खत्री, झबिन्द्र विश्वकर्मा, सुर्दशन खनाल र विष्णुकुमारी सापकोटाबीच प्रतिस्पर्धा भएको छ ।

दुई जना जिल्ला सचिव पदका लागि ५ जनाबीच प्रतिस्पर्धा भएको छ । सचिवमा पृथ्वीबहादुर फौजदार, जगदिस भट्टराई, भगतसिंह खड्का, थम्मनबहादुर केसी र पूणर् केसीले उम्मेदवारी दिएका छन् ।

 दुईजना सहसचिव पदका लागि ४ जनाबीच प्रतिस्पर्धा भएको छ । धर्मराज पाण्डे, रेशम कुँवर, छविलाल पाण्डे र निरज मरासिनीले सहसचिवमा उम्मेदवारी दिएका छन् ।

जिल्ला सदस्य पदमा ५० जना भन्दा बढीले उम्मेदवारी दिएका छन् । जिल्ला कार्यसमितिमा ७ पदाधिकारीसहित ४५ सदस्यीय हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय