बागलुङमा मोटरसाइकलको ठक्कर बाट एकजना घाइते

umm बागलुङको बडिगाड गाउँपालिकाको ग्वालीचौरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्री गम्भीर घाइते भएका छन् ।

 घाइते हुनेमा बडिगाड गाउँपालिका ७ का आयोग खरेल रहेका छन् । उनको बाँयाँ हात र खुट्टामा चोट लागेको बताइएको छ ।

शुक्रबार बेलुका करिब ९ बजेको समयमा मध्यपहाडी लोकमार्ग अन्तरगत ग्वालीचौर देखि खर्बाङतर्फ जाँदै गरेको लु १८ प ७२८४ नंम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी घाइते भएका हुन् ।

 घाइते खरेललाई स्थानिय मेडिकलमा उपचार पछि थप उपचारका लागि पाल्पा रिफर गरीएको इलाका प्रहरीचौकी खारका असइ गुरूप्रसाद न्यौपाने जानकारी दिए ।

मोटर साइकल चालक मुसिकोट नगरपालिका ७ गुल्मीका २१ बर्षिय आषिश रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 चालक रानाले मदिरा सेवन गरेकाले दुर्घटना भएको प्रहरीले जनाएको छ । उनले दुर्घटना गराई भागेका थिए ।

स्थानीयले देखेपछि उनलाई नियन्त्रणका पछ्याउने क्रममा साथी सहित मेलाबाट फर्केका उनीहरुले केही पर ध १ ज १९१ नम्बरको जिपको झ्यालमा समेत तोडफोड गरेको स्थानियले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय