पछिल्लो २४ घण्टाको कोरोना अपडेट

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

७ हजार ८ सय २९ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २ हजार ६ सय १७ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जना गरी २७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३०२ जना निको भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ९७९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५१८ पुगेको छ भने ८ लाख १ हजार ७२२ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २८७ जना रहेका छन् । जसमध्ये ६ हजार ८९६ जना होम आइसोलेसनमा रहेका छन् भने ३९१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १७५ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २४ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय