कुनै गुट र प्यानेल नबनाई जिल्ला सभापति लड्ने पन्थीको घोषणा !

डिबि खड्का गुल्मी । नेपाली काग्रेंसका वर्तमान जिल्ला सचिव खिलध्वज पन्थीले १४ औं महाधिवेशनमा आफुलाई सभापतिको रुपमा अगाडी बढाएका छन् ।

बिहिबार पार्टी कार्यालय तम्घासमा पत्रकार सम्मेलन गरी आफुले सभापतिमा उम्मेद्धारी दिने घोषणा गरेका हुन् । कुनै प्यानेल तथा गुट नबनाई सभापतिमा उम्मेद्धारी दिने पन्थीले बताए ।

संगठन र जिल्लाको विकासको लागी आफुले उम्मेद्धारी दिएको उनको तर्क छ । साथै कार्यकर्ताको माग र पार्टीको नेतृत्व युवा पुस्तामा हस्तान्तणको लागी पनि सभापतिमा उम्मेद्धारी दिएको उल्लेख गरे ।

सकेसम्म सहमती गरेर जान्छौ नत्र आन्तरीक प्रतिस्पर्धा चुनावी माध्यम बाट टुंगो लगाउछौं , पन्थीले भने “चुनावमा जादाँ विजय र पराजयका कारण कसैको मन दुख्ने कसैको हाँस्ने हुने हुदाँ हामी सबैलाई हस्साउदैं सर्वसहमतिको बाटो खोजिरहेका छौ ” ।

त्यस्तै तपाई कुन गुटको हुनुहुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञास्मा उनले आफु देउवा पक्ष र पौडेल पक्ष दुबै गुटको भएको बताएका छन् । शेर बहादुर देउवा र रामचन्द्र पौडेल आफ्ना लागी दुवै आदरणीय नेता रहेको उनको तर्क थियो ।

भोली १० गते नेपाली काग्रेसको जिल्ला अधिवेशन सदरमुकाम तम्घासमा हुदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय