प्रेस युनियन गुल्मीका सभापति कुँवरद्वारा कांग्रेस गुल्मी सह–सचिव पदमा उम्मेदवारी

गुल्मी,प्रेस युनियन गुल्मीका सभापति रेशम कुँवरले नेपाली कांग्रेस गुल्मी सह–सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्र्तगत मंसिर १० गते जिल्ला अधिबेशन सम्पन्न हुदैछ । कांग्रेस गुल्मीका पूर्व अम्मरपुर गाउँकमिटी सभापति समेत बनेका कुँवर नेपाली कांग्रेसमा क्रियाशिल रहेर काम गर्दै आएका छन् ।

नेपाली कांग्रेस गुल्मीलाई सबल, सक्षम र संगठित निर्माणका लागि आफनो उम्मेदवारी जिल्ला सह–सचिवमा रहेको कुँवरले बताए ।संगठनको सुदृढीकरण र सबलीकरण गर्न,

संगठनको संस्थागत बिकास गर्न उम्मेदवारी दिने निर्णय गरेको कुँवरले बताए । संगठनमा आम युवाहरुको पहुँच अभिबृद्धि गर्न आफनो उम्मेदवारी अपरीहार्य रहेको बताएका छन् ।

कुँवरले समाजिक संजालमा लेख्दै प्रदेश महाधिवेशन प्रतिनिधिमा दिएको उम्मेदवारी सहमतिका लागि फिर्ता लिएको उल्लेख गरेका छन् ।

उनले सहमति, सहकार्य र समन्वय राजनीतिमा अपरिहार्य थियो र छ त्यही सिद्दान्तलाइ आत्मसात गर्दै राजनीतिका अग्रज ब्याक्तित्वहरुको सल्लाह र आग्रहमा प्रदेश महाधिवेशन प्रतिनिधिमा दिएको उम्मेदवारी फिर्ता लिएको जनाएका छन् ।

तर १४ औ महाधिवेशन महाधिवेशनको शिलशिलामा नेपाली कांग्रेस जिल्ला कार्यसमिति गुल्मीको सह–सचिव पदमा उमेदवारी दिने निर्णय गरेको जनाएका छन् ।

 

उनले सुबेच्छुक तथा महाधिबेशन प्रतिनिधिहरुलाईसहयोग,सल्लाह र अमुल्य मतको अपेक्षा गरेको उल्लेख गरेका छन् । बिभिन्न सामाजिक संघ संस्थामा रहेका काम गर्दै आएका कुँवर पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय