धार्मिक महोत्सवमा करिव १ कराेड आर्थिक संकलन ।

कौरव खत्री,बागलुङ-बागलुङ गलकोट नगरपालिकाको श्री लक्ष्मीनारायण मन्दिरको धार्मिक महोत्सवकाे दाेश्राे दिन अर्थात् बुधबारसम्म करिव १ कराेड नगद आर्थिक संकलन भएकाे महायज्ञ सम्पादन समितिका सचिव ढगिन्द्र सापकोटाले जानकारी दिनुभयो ।

गलकोट नगरपालिका ९ रिस्मी छिस दरबारमा गत मंसिर ६ देखि २० गतेसम्म पञ्चकुण्डीय हवनात्मक साङ्ग श्री लक्ष्मीनारायण महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक महोत्सव सञ्चालन भईरहेको छ ।

धार्मिक महोत्सवमा सँवा करोड बत्ती बाल्ने,सम्पूर्ण धर्म गुरुहरुको उपस्थित तथा सन्तहरुको कुम्भ मेला एंव भजनकिर्तन,साँगतिक झाँकी सहितका साँस्कृतिक प्रस्तुतीहरु सञ्चालन भैरहेको छ ।

२०२५ सालमा स्थापना भएको श्रीलक्ष्मीनारायण मन्दिरमा महोत्सवबाट ५ करोड आर्थिक संकलन गर्ने लक्ष्य रहेको महायज्ञ समितिका सचिव सापकोटाले जानकारी दिनुभयो ।

महोत्सवबाट संकलित रकमले विविध सेवा सहितको दिव्यधाम र लक्ष्मीनारायण मन्दिर जीर्णोद्धार गर्ने उद्देश्य सहित धार्मिक महाेत्सव सञ्चालन भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय