सवारी दुर्घटनामा ३ जनाको मृत्यु

सुनसरी-सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ।

ईनरुवा नगरपालिका-५ देवेन्द्र चोकमा को.१ क २०४२ नम्बरको टिपरको ठक्करबाट साइकयात्री हाल नाम, थर, वतन, नखुलेका अन्दाजी २८ वर्षीय पुरुषको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दाङ, तुलसीपुर उपमहानगरपालिका-६ सुकौरा रोडमा रा.१ त ३३५६ नम्बरको ट्याक्टरको ठक्करबाट

सोही उपमहानगरपालिका-५ गाईडर बस्ने सुकमती बिककी छोरी ५ वर्षीया सुन्तली बिकको बुधबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, राप्ती नगरपालिका-२ श्रीदेवी चोकमा बागमती प्रदेश ०३-००१ च १२७५ नम्बरको बलेरोको ठक्करबाट पैदलयात्री मकवानपुर मनहरी गाउँपालिका-६ बस्ने ४५ वर्षीय रघुनाथ श्रेष्ठको बुधबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बेलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय