गुल्मीमा काँग्रेसले गर्यो शुभकामना आदानप्रदान कार्यक्रम

नेपाली काँग्रेस छत्रकोट गाउँपालीका ५ खज्र्याङमा शुभदीपावलीको अवसर पारेर कार्यकर्ता भेटघाट, अन्तक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी नेपाली काँग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले बोल्दै वर्तमान परिस्थिती सहज नभएकोले चाडपर्वले छत्रकोट गाउँपालीकावासीको जीवनमा हाँसो खुसी र उत्साह पलाओस भन्दै दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा नेपाली काँग्रेस पुर्वजिल्ला कार्यवाहक सभापति रवि ज्ञवाली, महासमिती सदस्य महेन्द्र प्रसाद भण्डारी, नेपाली काँग्रेस केन्द्रीय निती, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य योगराज कँडेल, लगायतले बोल्दै शुभकामना व्यक्त गर्नुभएको महासमिती सदस्य महेन्द्र प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

गुल्मी काठमाडौँ सम्पर्क समितीका उपाध्यक्ष कृष्णप्रसाद खरेल, नेविसंघ पुर्व गुल्मी जिल्ला उपाध्यक्ष निरज मरासिनी, नेविसंघ जिल्ला सदस्य सन्तोष पाण्डे, गुल्मी काठमाडौँ सम्पर्क समितीका सदस्य रामप्रसाद भण्डारी लगायत स्थानीय लोकतन्त्रप्रमीहरुको उल्लेख्य उपस्थिती रहेको बताइएको छ ।
खज्र्याङका पुर्व पार्टी सभापति तुल्सी पन्थकोे सभापतित्व रहेको कार्यक्रमको सञ्चालन पार्टी वडा सचिव रामप्रसाद कँडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय