गलकोट नगरपालिका वडा नं ७ मल्ममा नवनिर्मित घुम्टे सिद्द बालभैरव मन्दिरको उदघाटन

थम्मन थापा बागलुङ – गलकोट नगरपालिका वडा नं ७ मल्म सिद्वथानमा नवनिर्मित घुम्टे सिद्व बालभैरव मन्दिरको आज उदघाटन गरिएको छ ।

मन्दिरको विशिष्ट सहयोगदाता समाजसेवी भुपेन्द्र बहादुर थापाले दिप प्रज्वलन गरि रिबन काटेर उदघाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं सहयोगदाता थापाले नेपाल र नेपालीको सुन्दरता भनेको धर्ममय जीवनशैली र संस्कृतिमय सामाजिक व्यवस्था भएको बताउनु भएको छ ।

थापाले सहिष्णुता धर्मकै पर्यायवाची शब्द हो, जहाँ“ धर्म छ त्यहाँ“ सहिष्णुता हुन्छ । जहाँ धर्म छैन, त्यँहा असहिष्णुता हुन्छ, अराजकता र द्वन्द्व हुन्छ भन्दै धर्मले मानिसलाई सभ्य र अनुशासित हुन प्रेरित गर्ने बताउनु भयो ।

उहाँले धर्म भनेको सेवा, उदारता, प्रेम, सहिष्णुता, शान्ति, सहअस्तित्व, अहिंसा, सदाचार आदि भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य लोक बहादुर थापा, सिद्वेश्वर शिवालय सेवा समिती मल्मका अध्यक्ष ज्ञान बहादुर थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

नगद रु १० लाख ८३ हजार को लागतमा निर्मित उक्त मन्दिर निर्माण गर्न देश विदेशबाट स्थानियले आर्थिक सहयोग गरेका थिए ।

मन्दिरमा आजै विधिवत घुम्टे सिद्व बालभैरवको पूजा अर्चना समेत गरिएको घुम्टे सिद्व बालभैरव मन्दिर व्यवस्थापन समितीका अध्यक्ष दल बहादुर थापा (क) ले जानकारी दिनुभयो ।

प्रसिद्व घुम्टे पहाडको फेंदीमा अवस्थित मल्म सिद्वथानमा परापूर्वकाल देखि स्थानियले आफनो मनोकामना पुरा हुने धार्मिक जनविश्वासका साथ घुम्टे सिद्व बालभैरवको पूजा अर्चना गर्दै आएका छन ।

विशेष गरि परम्परागत रुपमा वर्षको २ पटक फाँटमा अन्नबाली लगाउँदा र पाकेर भित्राउने बेलामा उक्त स्थानमा गाउँलेले सामुहिक पुजा गर्दै आईरहेका छन ।

आजै नवनिर्मित सत्तलको समेत उदघाटन गरिएको छ । सत्तलको विशिष्ट सहयोगदाता समाजसेवी लाल बहादुर थापाले उदघाटन गर्नुभएको छ ।

उक्त मन्दिर मल्म पाण्डवखानी रणसिंहकिटेनी सडक खण्डको आडैमा अवस्थित छ । मन्दिर उदघाटन कार्यक्रममा घुम्टे प्रगति कृषक समुह मल्मले भजनकृतन सहित मन्दिर परिक्रमा गरेका थिए ।

कार्यक्रम घुम्टे सिद्व बालभैरव मन्दिर व्यवस्थापन समितीका सचिव दल बहादुर थापा (ख) को सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय