नेपाली काङ्ग्रेसको १४औं महाधिवेशनमा गुल्मी मुसिकोटका ६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित

विष्णुप्रसाद आचार्य चकित मुसिकोट गुल्मी ।

गुल्मीको भौगोलिक र जनसंख्याको हिसाबले ठूलो मानिएको र ९ वटा वडामा बिभाजित भएको मुसिकोट नगरपालिकाबाट नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा ६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन ।

सोमबार भएको गुल्मी क्षेत्र नम्बर २ को अधिवेशनसङ्गै भएको महाधिवेशन प्रतिनिधिको निर्वाचनमा मुसिकोट नगरपालिका भित्रका ६ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन ।

गुल्मी जिल्लामा हाल २ वटा निर्वाचन क्षेत्र रहेका छन, जसमध्ये क्षेत्र नम्बर २ मा महाधिवेशन खुल्ला तर्फ मुसिकोट १ पौदीअमराइका लुम्बिनी प्रदेश योजना आयोगका सदस्य समेत रहनुभएका डाक्टर दामोदर भुषाल निर्वाचित हुनुभएको छ ।

खुल्ला तर्फ नै मुसिकोट नगरपालिका ६ कुर्घा भुवाचिदिका महाधिवेशन प्रतिनिधि समेत रहनुभएका ज्ञानहरी सापकोटा पुन महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ ।

त्यस्तै महिला खुल्लाबाट महाधिवेशन प्रतिनिधिमा मुसिकोट ७ कि नेपाली काङ्ग्रेस जिल्ला सचिव समेत रहनुभएकी विष्णुकुमारी सापकोटा निर्वाचित हुनुभएको छ ।

मुसिकोट नगरपालिका ७ कै नेपाली काङ्ग्रेस जिल्ला सदस्य समेत रहनुभएकी कल्पना घिमिरे महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ ।

खस आर्य पुरुष तर्फ मुसिकोट ९ अर्लाङ्गकोटका नेपाली काङ्ग्रेस जनसम्पर्क तथा समन्वय विभाग सदस्य समेत रहनुभएका कृष्ण प्रसाद सापकोटा र

अपाङ्ग तर्फबाट मुसिकोट २ मुसिकोटका नेपाली काङ्ग्रेस जिल्ला सदस्य समेत रहनुभएका कौरव खत्री महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय