पछिल्लो २४ घण्टाको कोरोना अपडेट

काठमाडौं । मंगलवार नेपालमा ३५१ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १७४ जनाको नमुना परीक्षण गर्दा ३५१ जनामा संक्रमण पुष्टि भएको हो ।यस्तै वितेको २४ घण्टामा २७३ जना निको भएका छन् ।

योसँगै हालसम्म ८ लाख ८९० जना निको भएका छन् भने कुल ११ हजार ५०९ जनाको मृत्यु भएको छ । हाल देशभर ७३०० जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै वितेको २३ घण्टामा कोरोनाभाइरस संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस् – सोलुखुम्बु- दुधकुण्ड नगरपालिका-४ लुरा बस्ने ४४ वर्षीया लाक्पा डोमा तामाङ आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

सिन्धुली, सुनकोशी गाउँपालिका-३ घुर्मादेवीस्थित सुनकोशी नदीको किनारमा सोही गाउँपालिका-१ बस्ने ४० वर्षीय कुमार मोक्तान तामाङ मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सिरहा, लहान नगरपालिका-११ पडरियाँ चोकमा सप्तरी शम्भुनाथ नगरपालिका-३६ वर्षीय राजकुमार चौधरी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सुनसरी, धरान उपमहानगरपालिका-८ बराह कम्प्लेक्सस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय