अटोरिक्साको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापाको मेचीनगर नगरपालिका-६ फाइरिङ चोकमा अटोरिक्साको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ५१ वषर्ीय चन्द्र प्रसाद अधिकारी रहेका छन् । आइतबार साँझ साढे ६ बजे पैदल हिडिँरहेको बेला अधिकारीलाई मे१ह ६४५० नम्बरको अटोले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा बी एण्ड सी अस्पताल विर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने अटोसहित चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

यो पनि पढ्नुहोस् – काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-५ कोइरालाटारमा ट्याक्टरले किचेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इन्द्रावती गाउँपालिका-५ नयाँबस्तीका ३५ वर्षीय श्याम बहादुर माझी रहेका छन् । कोइरालाटारबाट धान लिएर धुसेनीतर्फ जाँदै गरेको लु २ त ८३०४ नम्बरको ट्याक्टरले गएराति १० बजे किच्दा माझीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरलाई नियन्त्रणमा लिएको र चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय