नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गुल्मी मुसिकोटको दोश्रो नगर अधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन

विष्णुप्रसाद आचार्य चकित मुसिकोट गुल्मी-नेपाल राष्ट्रिय शिक्षक सङ्गगठन मुसिकोटको दोश्रो नगर अधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ।

जसमा श्री त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट ६ का शिक्षक दधिरामशर्मा अध्यक्ष ,श्री पृथ्वी माध्यमिक विद्यालय मुसिकोट ३ वडागाउका शिक्षक बाबुराम घिमिरे उपाध्यक्ष, महिला तर्फबाट शारदा विद्या मन्दिर मा वि मुसिकोट ८ वामी

मैदानकी विमला लामिछाने महिला उपाध्यक्ष, त्यस्तै ददल्का मा वि मुसिकोट ९ अर्लाङ्गकोट ददल्काका शिक्षक गोबिन्द वि सी कोषाध्यक्ष, जनज्योति मा वि मुसिकोट १ पौदी अरेवाका महलाल अर्याल सचिव,महेन्द्र आदर्श नमुना मावी मुसिकोट ७ कि बिनु बौद्दाचार्य सह सचिव निर्विरोध निर्वाचित हुनुभएको सङ्गठनले जनाएको छ ।

शनिबार मुसिकोट नगरपालिका वडा नम्बर ७ स्थित रुद्रावती बहुमुखी क्याम्पसमा भएको कार्यक्रममा सङ्गठनका कार्यवाहक अध्यक्ष टीका बहादुर घर्तिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सङ्गगठनका जिल्ला अध्यक्ष ज्ञानहरी सापकोटाको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सन्चालन सङ्गठनका नगर सचिव बुद्दिमणी खरेलले गर्नुभएको थियो ।

यो सङ्गै शनिबार सम्पन्न अधिबेशनबाट १३ सदस्यीय नगर कमिटी चयन भएको सङ्गठनले बताएको छ । कार्यक्रममा नगर भित्रका सङ्गठनमा आवद्द शिक्षहरु,नेकपा एमाले नगर अध्यक्ष प्रकाश काफ्ले,शिक्षक महासङ्घ गुल्मीका सचिव रामकृष्ण कडेल लगायतको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय