१८ बर्षकी किशोरी कांग्रेस प्रदेश प्रतिनिधि चयन

विराटनगर – मोरङ क्षेत्र नम्बर ६ (ख) बाट नेपाली कांग्रेसको प्रदेश प्रतिनिधिमा १८ वर्षीया किशोरी चयन भएकी छिन् ।

१८ वर्षकी रक्षा यादव सर्वसहमतिमा प्रदेश प्रतिनिधिमा चुनिएकी हुन् । प्रतिनिधि चयन भएपछि रक्षाले सक्रिय राजनीतिमा लाग्ने प्रतिकृया दिएकी छिन् ।

अहिलेको नेतृत्वबाट देशको विकास असम्भव रहेकाले खबरदारी गर्न युवा पुस्ता राजनीतिमा आउनु पर्ने उनले बताइन । यस क्षेत्रबाट रक्षा मात्र सर्वसहमत प्रतिनिधि चयन भएकी हुन् । अ

न्य प्रतिनिधिका उम्मेदवारहरूबीच निर्वाचन भइरहेको छ । रक्षा सर्वसम्मत हुँदा युवा पुस्ताका लागि उर्जा थप्ने काम भएको कांग्रेस विराटनगर महानगरका सहसचिव दिवस नेपालले बताए ।

यो पनि पढ्नुहोस् -नेपाली काङ्ग्रेस गुल्मी क्षेत्र नम्बर २ अन्तरगत प्रदेश सभा क्षेत्र २ क को अधिवेशन सर्वसम्मत रुपमा चयन भएको छ ।

काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तरगत मुसिकोटमा भएको प्रदेश सभाको अधिवेशनमा इश्माका झबिन्द्र अर्याल सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।

त्यस्तै उपसभापतिमा मुसिकोटमा फन बहादुर रायामाझी र रेसुङ्गा न पा का दयासागर पन्थी,सचिवमा तम्घासका सन्त बहादुर थापा (सन्तोश)

र मुसिकोटका मणिरत्न खरेल,सहसचिवमा मुसिकोटकी लक्ष्मी खरेल,इश्माका खुम बहादुर थापा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको काङ्ग्रेसले बताएको छ ।

कार्यक्रम शुक्रबार उद्घाटन सत्र सम्पन्न गरि शनिबार सर्वसहमतिबाट नेतृत्व चयन भएको काङ्ग्रेले जनाएको छ । त्यस्तै प्रदेश प्रतिनिधिमा १६ जना प्रतिनिधि सर्वसम्मत रुपमा निर्वाचित भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय