मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । भक्तपुर र बर्दियामा भएको सवारी साधान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। शुक्रबार राति भक्तपुरको सूर्यविनायकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

दुर्घटनामा परी काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका घर भई काठमाडौंको कलंकी बस्दै आएका २२ वर्षीय मिलन तामाङको मृत्यु भएको हो। जगातीबाट सूर्यबिनायकतर्फ जाँदै गरेको बागमती प्रदेश(०२(०३० प ०१६८ नम्बरको मोटरसाइकललाई प्रदेश नम्बर ३-०१-००३ क ७८५१ नम्बरको टिपरले ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ।

यस्तै‚ बर्दियाको बाँसगढी नगरपालिकामा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ। बाँसगढी(३ स्कुलचोकमा भे १० प ५० ६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक ३५ वर्षीय तिलक थारूको मृत्यु भएको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस् – जनकपुरधाम । महोत्तरीमा आगोमा जलेर एक वृद्धाको मृत्यु भएको छ ।

घुर ताप्ने क्रममा जलेर सिकिस्त भएकी महोत्तरी गाउँपालिका २ अनैठा बस्ने ६५ वर्षीया मरनी देवीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।गत कात्तिक २६ गते आफ्नै घरमा घुर ताप्ने क्रममा उनले लगाएको साडीमा आगो लागेको थियो ।

त्यही आगो सल्केर उनको शरीर समेत जल्दा उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो । उपचारकै क्रममा उनको बिहीबार राति मृत्यु भएको महोत्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।

मृतकको शव पोष्टमार्टम गराई आफन्तलाई बुझाइसकिएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय