बुर्तिबाङमा पिकअपले किच्दा १ को मृत्यु ६ घाइते

छविलाल पाण्डे । बुर्तिबाङ : बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङ बजारमा पिकअप जिपले किच्दा शुक्रबार एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

बुर्तिबाङ फाँटबजारमा ग २ च ५९८० नम्बको पिकअप जिपले किच्दा तमानखोला गाउँपालिका वडा नम्बर २ का कृष्ण विकको छोरा ८ वर्षीय जोन सिर्पालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा ६ जना घाइते भएको मध्ये फाँट बजारमा व्यवसाय गर्दै आएका ढोरपाटन नगरपालिका वडा नम्बर ५ ४८ वर्षीष लेवेन्द्र कुवँर ढोरपाटन नगरपालिका वडा नम्बर १ का नरकिताब सुनार,

ढोरपाटन ५ का विष्णु सापकोटा, ढोरपाटन ५ का सक्रेनी घर्ती, ढोरपाटन ५ का नरमला घर्ती, ढोरपाटन नगरपालिका ७ बस्ने निमसरा घर्तीका ९ वर्षीय छोरा आकाश घर्ती घाईते भएका छन् ।

घाइते कुँवरको बाँया खुट्टामा गम्भीर चोट लागेको भने ढोरपाटन १ का नरकिताव सुनारको हात र खुट्टामा गम्भीर चोट लागेको बताइएको छ । उनीहरुको उपचारका लागि हेलीकप्टर मार्फत पोखरा रेफर गरिएको छ । अन्य घाइतेहरुको हात खुट्टा र ढाडमा चोट लागेको छ । घाईते सबैको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

बुर्तिबाङ फाँटबजारमा पिकअप रोकेर चालक केर बहादुर विक नजिकैको पसलमा सामान राख्न बाहिर निस्कीएको अवस्थामा स्थानीय नमबहादुर मल्लले पिकअप चलाउन खाजेपछि दुर्घटना भएको पाइएको छ । चालकले चाँबी गाडीमै राखेको र मल्लले गाडी चलाउन नजानेी नजानी जवरजस्ती सिक्न खोज्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

पिकअप सहित पिकअप चालक र पिकअप चलाएर दुर्घटना गराउने मल्ललाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रमुख जयराम वन्तले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय