रुपन्देहीमा एकजनासहित विभिन्न जिल्लामा ५ जना मृत भेटिए

रुपन्देही – रुपन्देहीमा एकजनासहित विभिन्न जिल्लामा ५ जना मृत अबस्थामा भेटिएका छन ।

सिद्धार्थनगर नगरपालिका-१ डण्डामा गेट बनाउने लेबरहरूलाई खाना बनाई बस्ने भारत पश्चिम बंगाल घर भएका ४७ वर्षीय गणेश पाण्डे शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

झापा, मेचिनगर नगरपालिका-११ धाईजन डेरा गरी बस्ने भोजपुर आमचोक गाउँपालिका-२ बस्ने ४५ वर्षीया शर्मिला तामाङ आफ्नै ओछ्यानमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।

सिन्धुपाल्चोक, पाँचपोखरी गाउँपालिका-७ हतारमालीस्थित लाङटाङ राष्ट्रिय निकुञ्जको जंगलमा ईन्द्रावती गाउँपालिका-२ कोट डाँडा बस्ने ४२ वर्षीय घ्याम्जु लामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

धादिङ, थाक्रे गाउँपालिका-१० भिमसेन स्थान बस्ने ३८ वर्षीय राजकुमार सुनार आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

मोरङ, धनपालथान गाउँपालिका-४ कर्सियास्थित बन्दै गरेको नयाँ घरको प्यासेजमा सोही ठाउँ बस्ने ३८ वर्षीय राम रचन मुखिया शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय