गुल्मीमा एकजना मृतअवस्थामा भेटिए

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–२ बाख्रेछेडा बस्ने ६२ वर्षीय थानेश्वर सारुको शव फेला परेको छ।

प्रहरी निरीक्षक महेश्वर उपाध्यायका अनुसार ती वृद्ध हराएको भन्दै परिवारले खोजतलासका लागि निवेदन दिएका थिए।प्रहरी निरीक्षक सन्तोष चन्दको कमाण्डमा खटिएको टोलीले उनको शव फेला पारेको थियो। 

घटनाबारे थप अनुसन्धान भइरहेको उपाध्यायले जानकारी दिए। मृतकका श्रीमती ३ छोरा र एक छोरी छन्।

यस्तै पाल्पाको सर्दिखोला किनारमा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ तानसिङ्गलस्थित बलबहादुर विककी ३२ वर्षीया श्रीमती सुमित्रा विकको शव फेला परेको हो।

 उनको शव घरदेखि ७ किलोमिटर दूरीमा पर्ने सर्दीखोलामा फेला परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय