गुल्मी । पीकअप जीपको ठक्करबाट वामीटक्सार बजारमा पैदलयात्रा गरिरहेकी एक महिला घाईते भएकी छिन् ।

मुसिकोट नगरपालिका वडा नं ७ स्थित बसपार्कबाट खर्बाङ तर्फ जाँदै गरेकी महिलालाई विपरीत दिसाबाट आउँदै गरेको लु १ ज २६५५ नंको पीकअप जीपले ठक्कर दिँदा मुसिकोट नगरपालिका वडा नं १ की ५८ वर्षीय फरिण कुमारी घिमिरे घाईते हुनुभएको ट्राफिक प्रहरी सुनिल थापाले जानकारी दिनुभयो ।

जीपको ठक्करबाट घाईते घिमिरेलाई वामीटक्सार स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि पाल्पा पठाईएको उहाँले बताउनुभयो ।

 ठक्कर दिने जीप र चालकलाई वामी प्रहरी चौकीको नियन्त्रणमा राखिएको उहाँको भनाई छ ।- श्रोत बडिगाड अनलाइन

यो पनि पढ्नुहोस-कौरव खत्रीkhatr – बागलुङ गलकोट नगरपालिकाको श्री लक्ष्मीनारायण मन्दिरको धार्मिक महोत्सवलाई एक समाजसेवीले ५लाख भन्दा बढिको आर्थिक सहयोग गनुभएको छ ।

गलकोट नगरपालिका ९ रिस्मी छिस दरबार स्थायी घर भई हाल जापानमा व्यवसायी गदै आउनु भएका सफल व्यवसायी तथा समाजसेवी ज्ञानेन्द्र सापकोटा र श्रीमती रुपा सापकोटाको परिवारले धार्मिक महोत्सवलाई रु.५लाख,२२हजार,२सय,२२रुपैया नगद सहयोग गर्नु भएको महायज्ञ सम्पादन समितिका सचिव ढगिन्द्र सापकोटाले जानकारी दिनुभयो । 

गलकोट नगरपालिका ९ रिस्मी छिस दरबारमा आउँदो सोमवार अर्थात मंसिर ६ देखि २० गतेसम्म पञ्चकुण्डीय हवनात्मक साङ्ग श्री लक्ष्मीनारायण महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक महोत्सव सञ्चालन हुन लागि रहेको छ ।

धार्मिक महोत्सवमा सँवा करोड बत्ती बाल्ने,सम्पूर्ण धर्म गुरुहरुको उपस्थित तथा  सन्तहरुको कुम्भ मेला एंव भजनकिर्तन,साँगतिक झाँकी सहितका साँस्कृतिक  प्रस्तुतीहरु रहने महायज्ञ समितिले जनाएको छ । 

२०२५ सालमा स्थापना भएको श्रीलक्ष्मीनारायण मन्दिरमा महोत्सवबाट  ५ करोड आर्थिक संकलन गर्ने लक्ष्य रहेको महायज्ञ समितिका सचिव सापकोटाले जानकारी दिनुभयो । 

महोत्सवबाट संकलित रकमले विविध सेवा सहितको दिव्यधाम र लक्ष्मीनारायण मन्दिर जीर्णोद्धार गर्ने  उद्देश्य रहेको छ ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here