धार्मिक महोत्सवलाई दिए सापकोटाले पाँच लाख बढिको आर्थिक सहयोग

कौरव खत्री – बागलुङ गलकोट नगरपालिकाको श्री लक्ष्मीनारायण मन्दिरको धार्मिक महोत्सवलाई एक समाजसेवीले ५लाख भन्दा बढिको आर्थिक सहयोग गनुभएको छ ।

गलकोट नगरपालिका ९ रिस्मी छिस दरबार स्थायी घर भई हाल जापानमा व्यवसायी गदै आउनु भएका सफल व्यवसायी तथा समाजसेवी ज्ञानेन्द्र सापकोटा र श्रीमती रुपा सापकोटाको परिवारले धार्मिक महोत्सवलाई रु.५लाख,२२हजार,२सय,२२रुपैया नगद सहयोग गर्नु भएको महायज्ञ सम्पादन समितिका सचिव ढगिन्द्र सापकोटाले जानकारी दिनुभयो । 

गलकोट नगरपालिका ९ रिस्मी छिस दरबारमा आउँदो सोमवार अर्थात मंसिर ६ देखि २० गतेसम्म पञ्चकुण्डीय हवनात्मक साङ्ग श्री लक्ष्मीनारायण महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक महोत्सव सञ्चालन हुन लागि रहेको छ ।

धार्मिक महोत्सवमा सँवा करोड बत्ती बाल्ने,सम्पूर्ण धर्म गुरुहरुको उपस्थित तथा  सन्तहरुको कुम्भ मेला एंव भजनकिर्तन,साँगतिक झाँकी सहितका साँस्कृतिक  प्रस्तुतीहरु रहने महायज्ञ समितिले जनाएको छ । 

२०२५ सालमा स्थापना भएको श्रीलक्ष्मीनारायण मन्दिरमा महोत्सवबाट  ५ करोड आर्थिक संकलन गर्ने लक्ष्य रहेको महायज्ञ समितिका सचिव सापकोटाले जानकारी दिनुभयो । 

महोत्सवबाट संकलित रकमले विविध सेवा सहितको दिव्यधाम र लक्ष्मीनारायण मन्दिर जीर्णोद्धार गर्ने  उद्देश्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय