नागरिक विरोधी हर्कत बढ्दै गए नगरपालिकामै तालाबन्दी गर्ने मुसिकोट काङ्ग्रेसको चेतावनि

मुसिकोट नगरपालिका वडा न १ पौदी अमराईको वडा कार्यालयमा हिजो मंसिर-२ गते नेकपा एमालेले गरेको तालाबन्दी प्रती नेपाली कांग्रेस मुसिकोट नगर कार्य समितीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  

कांग्रेस नगर सभापती घिमिरे द्वारा हस्ताक्षरित बिज्ञप्तीमा एमालेले मुसिकोट-१ मा अराजक वातावरण सृजना गर्न खोजेको बताईएको छ। कांग्रेसले स्पष्ट संग सार्वजनिक जग्गाको दुरुपयोग रोक्ने वडाको कामलाई प्रशंसनिय कार्य भनेको छ।

“मुसिकोट-१ को वडा कार्यालयमा एमालेले तालाबन्दी गरेको खबर सुनियो! उक्त कामले वडा न १ का  आम नागरिक तथा सेवाग्राही प्रभावित भएका छन।

 संवादबाटै हरेक समस्याको निकास खोज्ने लोकतान्त्रीक बिधिलाई एमालेले धज्जी उडाउने काम गर्यो। चारवडा वडा सदस्य जितेको एमाले आफै पनि मुसिकोट-१ को सत्ता पक्ष नै हो। 

वडा सदस्य कै अगुवाईमा तालाबन्दी गरिनु आपत्तिजनक बिषय हो!” घिमिरे द्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ।

मुसिकोट-१ को तालाबन्दीको खबर पश्चात बसेको नेपाली कांग्रेस नगर समितिका पदाधिकारीको आकस्मिक बैठकले एमालेलाई अबिलम्ब तालाबन्दी खोल्न आग्रह गरेको छ। 

बैठकले गरेका निर्णय बारे जानकारी दिदै नगर सचिव मधुसुदन रायमाझीले तालाबन्दीलाई लम्बाएर नागरिकका काम प्रती गैरजिम्मेवार बने मुनपा-१ का जनता उठाएर ताला खोली वडा कार्यालयका काम सुचारु गर्ने चेतावनी दिए। 

कांग्रेसले उक्त तालाबन्दीलाई एमालेको हारको मानषिकताको उपज भनेको छ। नेपाली कांग्रेस मुसिकोटले अहिले सम्म गति नै गम्भीर बिषय उठे पनि कुनै वडामा तालाबन्दी नगरेको तर एउटा मात्र वडा अधक्ष्य कांग्रेसले जितेको मुनपा-१ मा तालाबन्दी गरेर एमालेले अलोकतान्त्रीक संस्कार प्रदर्षन गरेको कांग्रेसको आरोप छ।

नेपाली कांग्रेसले स्थानिय स्तरमा देखिएको उक्त समस्यालाई अबिलम्ब स्थानिय स्तर मै समाधान खोज्न मुसिकोट नगरपालिकाको समेत ध्यानाकर्षण गराएको छ। 

कांग्रेसले आफ्नो आन्तरिक अधिबेसनमा व्यस्त भैरहेको बेलामा नागरिक बिरोधि हर्कत नगरमा बढ्दै गए मुसिकोट नगरपालिका मै तालाबन्दी गर्ने चेतावनी दिएको छ। 

कांग्रेसले बिज्ञप्ती मार्फत आम जनसमुदायलाई एमाले अराजकताको बिरुद्ध उभिन आव्हान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय