पर्सा । प्रहरीले पर्सा जिल्लामा ठूलो क्षेत्रफलमा लगाएको गाँजा खेती नष्ट गरेको छ ।

पर्साको ठोरी गाउँपालिका वडा नम्बर ३ र ४ स्थित ११ बिघा खेतमा अवैध रूपमा लगाएको करिब २ लाख २० हजार गाँजाको बोटहरू सोमबार प्रहरीले फडानी गरी नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले प्रहरी कारवाहीको सिलसिलामा उक्त गाँजाको बोटहरु फडानी गरी नष्ट गरेको हो ।

साथै गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो पनि पढ्नुहोस-चुरामणि तिमिल्सिना। गुल्मीको रुरु ठाडा खोला 

रामपाटिमा अटो रेक्सा दुर्घटना हुदा२ जना घाइते भएको ईलाका प्रहरी कार्यलय रिडीका प्रहरी नायब निरीक्षक सालिकराम थापा ले जानकारी दिनु भयो । 

लु १ घ ३१०१ को रेक्सा भट्कुवा बाट रिडी आउदै गर्दा सडक बाट करिब ३० मिटर तल अनियंत्रित भइ दुर्घटना ग्रस्त भएको प्रहरीले जानकारी दियको छ ।

घाइते हुनेमा सेर बहादुर क्षेत्री र रमेश क्षेत्री रहेका छन अहिले दुई जनलाइ पाल्पा मिसनमा उपचार गर्न पठाइयको पारिवारिक श्रोतले जानकारी दियको छ । 

घटना हुदा रमेश लाई अलि बढी चोट लागेकोले भर्ना गर्न पर्ने भएको उनका भाइ सुशील ले जानकारी दिए।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here